काठमाण्डाै- सरकारले भोलि सोनाम ल्होसारको अवसरमा देश भर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकका अनुसार भोलि सोनाम ल्होसारको अवसरमा माघ १९ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले एक सूचना प्रकाशित गर्दै भोलि माग १९ गते देशभरका सरकारी कार्यालय र सार्वजनिक सङ्घसंस्था बन्द रहने कुरा जानकारी गराएको छ ।