पछिल्लो समयमा मानिसहरु एक पार्टी ट्याग गरेर अर्को पार्टीमा प्रवेश गर्नु सामान्य कुरा भएको छ । त्यसतै केही समय पहिले एक वडा अध्यक्ष समेत जुन पार्टीबाट उठेर वडा अध्यक्ष बनेका थिए त्यही पार्टी छडी अन्य पार्टीमा प्रवेश गरेको खबरले निकी चर्चा पाएको थियो । अहिले भने वाग्मती सम्पर्क मञ्चका प्रतिनिधि नेकपा (एमाले) छोडी नेकपा(माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।
काठमाडौं सम्पर्क मञ्च, क्षेत्र नम्बर ३ का इन्चार्ज, प्रेस चौतारी वाग्मती सम्पर्क मञ्चका प्रतिनिधि तथा क्यान महासङ्घका केन्द्रीय कमिटीका सचिव चिरन्जिवी अधिकारी नेकपा(एमाले) परित्याग गरी नेकपा(माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । अधिकारीलाई नेकपा माओवादीका अध्यक्ष प्रचण्डले उनको निवास खुमलटारमा स्वागत गरेका छन् ।