बलिउड अभिनेता सलमान खान नेपाल आउँदै ?

छिमेकी देश भारतक चर्चित अभिनेता सलमान खान नेपाल आउने खबरले पुन: सामाजिक सञ्जाल तताउन थालेको छ । आज भन्दा करिब २९ वर्ष पहिले फिल्म शुटिंगको क्रममा नेपाल आएका सलमान खान आजसम्म नेपाल आएका छैनन् । अहिलेको समय सलमान फ्यान फलोइंग नेपालमा पनि यति धेरै पाउन सकिन्छ ।

जब सलमान अभिनित फिल्म नेपालक हलहरुमा लाग्छ तब नेपाली फिल्म निर्माता आफ्नो फिल्म लगाउन डराउँछन् । यतिबेला सलमान खान र नेपालका कीर्तिमानी हिमाल आरोही तथा बेलाएताका पुर्व गोर्खा सैनिक निर्मल पुर्जाको एक तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । साउदी अरबमा भएको ‘जोय अवार्ड’ सहभागी भएका निर्मलले बलिउड अभिनेता सलमानलाई नेपाल आउने निम्तो गरेका छन् ।

निर्मलले अभिनेता सलमानलाई नेपाल आउने निम्ता दिँदै आफ्नो बायोग्राफी पुस्तक उपहार स्वरुप हस्तान्तरण गरेका छन् । ब्रिटिस आर्मी समेत रहेका निर्मल पूर्जाको गत नोभेम्बर महिनामा उनको बारेमा बनेको एक डकुमेन्ट्री ‘फोर्टिन पिक्स: नथिङ इज इम्पोसिबल’ नेटफिल्क्स मार्फत सार्वजनिक भएको थियो ।

प्रकाशित : सोमबार, माघ १७, २०७८१२:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विवाहपछि सिउँदोमा सिन्दूर-रातो बनारसी साडी, कानमा झुम्काको साथमा देखिएकी अभिनेत्री मौनी !