विवाहपछि सिउँदोमा सिन्दूर-रातो बनारसी साडी, कानमा झुम्काको साथमा देखिएकी अभिनेत्री मौनी !

भारतको टिभी क्षेत्रको सुन्दर अभिनेत्री तथा नवविवाहित अभिनेत्री मौनी राय अहिले आफ्नो जीवनको उत्कृष्ट चरणमा छिन् । मौनी आफ्नो पति सुरज नाम्बियारसँग खुलेर वैवाहिक जीवनको आनन्द लिइरहेकी छिन् । गोवामा पुगेर विवाह गरेकी अभिनेत्री मौनी अहिले मुम्बई फर्किएकी छिन् । मौनी र सुरज एयरपोर्टमा सँगै देखिएका थिए ।

यतिबेला नवविवाहित अभिनेत्री मौनी रातो बनारसी साडीमा देखिएकी छिन् उक्त्त साडीमा अभिनेत्रीलाई निकै सुन्दर देखिएको छ । तस्वीरमा अभिनेत्री सिउँदोमा सिन्दूर र कानमा झुम्का लगाएकी मौनी अप्सरा भन्दा कम देखिनन् । रातो साडीमा हल्का मेक अपको साथै खुला छोडेको कपाल, अभिनेत्रीलाई यस रुपमा सबै हेरेको हेरै भएका छन् ।

यसै क्रममा मौनीका पति सुरज नाम्बियार सेतो कलरको कुर्ता र पजामामा निकै सुन्दर देखिएका छन् । कालो सनग्लास सुरजलाई निकै सुहाएको देख्न सकिन्छ । मौनी रोयले २७ जनवरीमा गोवामा सुरज नाम्बियारसँग विवाह गरेकी हुन् । मौनीले मलायाली र बंगाली रिवाज अनुसार विवाह गरेकी हुन् ।

प्रकाशित : सोमबार, माघ १७, २०७८१६:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जब रश्मिका मन्डन्ना सोच्दै नसोचेको बेला उप्स मोमेन्ट्सको शिकार भईन्…