हरेक महिना ग्रहहरूको चालमा परिवर्तन भइरहन्छ । तर कुनै महिनामा केही ठुला परिवर्तन पनि हुने गर्दछ । जसको कारण केही राशिमा शुभ प्रभाव पर्दछ भने केही राशिमा अशुभ प्रभाव पर्ने हुन्छ । फेब्रुअरी सन २०२२ मा पनि लगभग सबै मुख्य ग्रह बृहस्पति, बुध, सूर्य, मंगल आदिको स्थितिमा परिवर्तन आउने भएको छ ।
ग्रहको स्थितिमा हुने आधा दर्जन भन्दा बढी ठूला परिवर्तनले ५ राशिलाई अत्यन्तै शुभ हुने भएको छ । जसको कारण धन र सुखको वर्षा हुनेछ ।
मेष राशि
मेष राशि भएका व्यक्तिहरुका लागि फेब्रुअरी महिनामा हुने ग्रह परिवर्तन निकै लाभदायी साबित हुनेछ । आत्मविश्वास बढ्नेछ। पेशा–व्यवसायमा प्रगति हुनेछ । धन लाभ हुनेछ । नयाँ अवसरहरु आउनेछन् ।
वृष राशि
यस समयमा वृष राशिका व्यक्तिहरूले आफ्नो करियरमा ठूलै लाभ प्राप्त गर्नेछन्। यस्तो अवसर आउन सक्छ, जसको तपाईंले लामो समयदेखि प्रतिक्षा गरिरहनुभएको थियो। व्यापार क्षेत्रमा लाभ हुनेछ । पारिवारिक प्रेम सम्बन्धमा परिस्थिति अनुकूल रहनेछ। सुखद यात्रा हुने योग रहेको छ । आम्दानी बढ्नेछ ।
तुला राशि
तुला राशिका व्यक्तिलाई यस समयमा धन प्राप्ति हुनेछ । पुरानो लगानीबाट लाभ हुनेछ। लेनदेनबाट पनि लाभ मिल्नेछ । करियरमा जिम्मेवारी बढ्नेछ । रोकिएका काम बन्नेछन् ।
मकर राशि
मकर राशी भएका व्यक्तिका लागि यो महिना आर्थिक लाभ हुनेछ । उधारोमा गएको पैसा फिर्ता पाउन सकिनेछ । कतैबाट कुनै सर-प्राइज वा उपहार पाउन सकिन्छ । जसले तपाईलाई खुशी मिल्नेछ । परिवारमा माया र खुशी बढ्नेछ ।
मीन राशि
मीन राशिका व्यक्तिहरूका लागि यो समयमा पद, धन, र इज्जत कमाउनको लागि शुभ समय रहेको छ । लगनशील भएर काम गर्नाले कामबाट पूरा फल पाउनुहुनेछ। सरकारी क्षेत्रमा संलग्न व्यक्तिहरूले ठूलो लाभ प्राप्त गर्नेछन्। पुरानो लगानीबाट लाभ मिल्नेछ । जीवन साथीबाट खुशी मिल्नेछ।