अहिलेको समयमा चर्चा कमाउन सफल दक्षिण भारतीय फिल्म ‘पुष्पाः द राइज’ ले करोडौँ मानिसको मन जित्न सफल भएको छ । साथै यस फिल्ममा अभिनेत्रीको भूमिकामा देखिएकी अभिनेत्री रश्मिका मण्डनाको अभिनयको चर्चा पनि निकै भएको पाउन सकिन्छ । यसमा रश्मिकाले फेरि पनि आफ्नो अभिनयले फ्यानलाई मोहित बनाएकी छिन् ।
फिल्ममा सिम्पल देखिएकी रश्मिका रियल लाइफमा निकै ग्ल्या-मरस र बो-ल्ड छिन् । अहिले अभिनेत्रीको अभिनय जस्तै उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्वीरको कारण चर्चामा आएकी छिन् ।
रश्मिका मण्डना सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनले आफ्ना फ्यानलाई आफू प्रति मोहित बनाउन कुनै मौका छोडदिनन् ।
अहिले अभिनेत्रीले इन्स्टाग्राममा आफ्ना केही सुन्दर तस्वीर सार्वजनिक गरेकी छिन् । अहिले अभिनेत्रीका नयाँ लुकका केही तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
अब चाडै नै रश्मिका मण्डना फिल्म ‘मिशन मजनु’ बाट बलिउड क्षेत्रमा डेब्यु गर्दै छिन् । यस फिल्ममा उनी सिद्धार्थ मल्होत्रासँग स्क्रिन सेयर गर्दै देखिनेछिन् ।