ब्रा-सँग भगवानलाई जोडेर अभिनेत्र श्वेताको बयान, अभिनेत्री विरुद्ध एफ-आईआर दर्ता

भारतीय अभिनय क्षेत्रको सानो पर्दाको चर्चित अभिनेत्री श्वेता तिवारी यति बेला विवादमा फसेकी छिन् । हालै एक कार्यक्रममा उनले ‘भगवानले मेरो ब्राको साइज लिइरहनुभएको छ’ भनेकी थिइन्, त्यस बेलादेखि नै सामाजिक सञ्जालमा विवादमा तानिएकी छिन् । अहिले अभिनेत्रीको बयानको कारण उनी विरुद्ध एफ-आईआर पनि दर्ता भएको छ ।

यससँगै हाले यस विषयमा अभिनेत्रीले एक बयान समेत दिएकी छिन् । श्वेताले अहिले आफ्नो विवादित बयानका लागि माफी मागेकी छिन् । सञ्चारमाध्यमलाई दिएको बयानमा श्वेताले भनेकी छिन् । ‘मैले सहकर्मीलाई केही कुरा सन्दर्भ भन्दा बाहिरको कुरा बोलेको थिए । त्यस कुरालाई गलत बुझिएमा मेरो ध्यानाकर्षण भएको छ ।

श्वेता तिवारी फेसनसँग सम्बन्धित वेब सिरिजको घोषणाका लागि स्टार-कास्ट र निर्माण टोलीसहित भोपाल पुगेकी थिइन् । श्वेताले यो सिरिजको प्रमोसनका क्रममा यस्तो अभिव्यक्ति दिएकी हुन् । कुराकानीका क्रममा श्वेताले भनिन्, ‘भगवानले मेरो ब्राको साइज लिइरहेका छन् । तर, यति भनेपछि उनी हाँस्न थाल्छिन् ।

श्वेताको यो वेब सिरिजमा रोहित रोय, दिगंगना सूर्यवंशी, सौरभ राज जैन, कंवलजीत देखिनेछन् । सिरिजको छायांकन भोपालमा हुनेछ ।

प्रकाशित : आइतबार, माघ १६, २०७८१३:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

उपासनालाई बोल्ड बन्ने आतुरी : फूलको गुच्छाले छोपेजस्तो गरेर शेयर गरिन् तस्बिर