रवि तेजा : ३ दशकदेखि साउथमा तहल्का मच्चाईरहेका उनी बल्ल गर्दैछन् हिन्दी डेब्यु

एजेन्सी : साउथ सुपरस्टार्सको कुरा गर्दा गर्दा रवि तेजा (Ravi Teja) को नाम सबैभन्दा अगाडी नै आउँछ। रवि तेजाले पछिल्लो ३ दशकदेखि दक्षिण भारतीय चलचित्र उद्योगमा राज गरिरहेका छन्। दक्षिण भारतमा रवि तेजाको राम्रो फ्यान फलोइङ छ। अहिलेसम्म रवि तेजा तेलुगु फिल्महरुमा मात्र देखिएका छन्। तर हालैको भारतीय सञ्चारमाध्यमहरुका खबर अनुसार उनी हिन्दी फिल्ममा डेब्यु गर्दैछन्। यानी अब उनी यस्तो फिल्ममा देखिनेछन् जुन एकैसाथ धेरै भाषाहरुमा रिलिज हुनेछ। आज २६ जनवरीमा रवि तेजा आफ्नो ५४ औँ जन्मदिन मनाउँदैछन्।

भारतीय सञ्चारमाध्यमहरुका खबर अनुसार रवि तेजा फिल्म ‘खिलाडी(Khiladi)’ मा देखिनेछन्, जुन एक्सन थ्रिलर फिल्म हुनेछ। यो फिल्ममा रवि तेजा दोहोरो भूमिकामा हुनेछन्। फिल्मको रिलिज मिति पनि सार्वजनिक भईसकेको छ। ११ फेब्रुअरीमा फिल्म विश्वभर एकैसाथ रिलिज हुँदैछ। रमेश वर्माको निर्देशनमा बनेको यो फिल्म रवि तेजाको लोकप्रियतालाई हेरेर निकै हिट हुने अपेक्षा गरिएको छ।

रवि तेजाको अभिनय यात्राको कुरा कोट्याउने हो भने उनी विगत ३० वर्षदेखि यहीँ क्षेत्रमा आबद्द छन्। तर यो ३० वर्षको अवधिमा रवि तेजाको कुनै पनि फिल्म हिन्दी भाषामा रिलिज गरिएको थिएन्। यद्यपि उनका हिन्दीमा डब गरिएका धेरै चलचित्र टेलिभिजनमा देखाइन्छ। तर रवि तेजाको कुनै फिल्म हिन्दी भाषामा रिलिज हुन लागेको यो पहिलो पटक हो। त्यसैले यसलाई रवि तेजाको हिन्दी डेब्यू भन्न सकिन्छ। अचम्मको कुरा, रवि तेजाको लोकप्रियता विगत ३० वर्षमा उस्तै छ।

प्रकाशित : बुधबार, माघ १२, २०७८१२:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी हुन् २०२१ का सबैभन्दा बकवास फिल्म, सलमान खानको ‘राधे’ नम्बर वानमा