एजेन्सी : चर्चित भारतीय अनलाइन पत्रिका वेबदुनियाँले सन् २०२१ को सबैभन्दा बकवास फिल्म कुन हो भनेर सर्वेक्षण गरेको थियो। अनलाइन सर्वेक्षणमा मानिसहरुले आ-आफ्नै रोजाईका अलग-अलग फिल्महरु छनोट गरेका छन्। सर्वेक्षण अनुसार १० सबैभन्दा बकवास फिल्महरु निम्नानुसार छन्।
• बकवास फिल्म नम्बर १० : सनक(Sanak) : –
विद्युत जामवालको फिल्म सनकले १.७ प्रतिशत भोट पाएको छ र यो फिल्मले यो सूचीमा दशौं नम्बरमा परेको छ। ओटिटीमा रिलिज भएको यो थ्रिलर फिल्मले दर्शकलाई खासै रिझाउन सकेन।
• बकवास फिल्म नम्बर ९ : मुम्बई सागा(Mumbai Saga) : –
जोन अब्राहमको मुम्बई सागा थिएटरहरूमा फ्लप भयो र ओटिटीमा पनि खासै रुचाईएन। बकवास फिल्मको सूचीमा यो फिल्मले ३.४ प्रतिशत भोट ल्याई नवौं नम्बरमा रह्यो।
• बकवास फिल्म नम्बर ८ : रूही(Roohi) : –
जान्हवी कपूर र राजकुमार रावले हरर एवं कमेडीमिश्रित फिल्म रूही दर्शकमाझ पस्किए तर फिल्मले दर्शकलाई खासै डराउन सकेन। रुही ३.६ प्रतिशत मत ल्याएर आठौं स्थानमा परेको छ।
• बकवास फिल्म नम्बर ७ : तडप(Tadap) : –
सुनिल शेट्टीका सुपुत्र आहान शेट्टीले दक्षिण भारतीय फिल्मको हिन्दी रिमेक तडपबाट डेब्यु गरेका थिए। फिल्मलाई दर्शकले खासै मन पराएनन्। ६.८ प्रतिशतले यसलाई बकवास फिल्म मानेका छन् र यो सूचीमा सातौं नम्बरमा छ ।
• बकवास फिल्म नम्बर ६ : बन्टी और बब्ली २(Bunty Aur Babli 2) : –
बन्टी र बब्लीको दोस्रो भाग हेरेर धेरैजस्तो दर्शक पछुताए र फिल्म फ्लप भयो। करिब सात प्रतिशतलाई यो फिल्म सबैभन्दा बकवास लागेको छ।
• बकवास फिल्म नम्बर ५ : द गर्ल अन द ट्रेन(The Girl on the Train) : –
परिणिती चोपडाको फिल्म ‘द गर्ल अन द ट्रेन’ ओटिटीमा रिलिज भएको थियो। यो फिल्म ८.५ प्रतिशत मत ल्याई पाँचौं नम्बरमा परेको छ।
• बकवास फिल्म नम्बर ४ : भुज: द प्राइड फ इन्डिया(Bhuj: The Pride of India) : –
अजय देवगन, सञ्जय दत्त, सोनाक्षी सिन्हा, नोरा फतेही जस्ता स्टार्स भएर पनि यो फिल्म फ्लप भयो। दर्शकले अभिनय, पटकथा लेखन, निर्देशनको तालमेल नमिलेको प्रतिक्रिया दिएका थिए। करिब ९ प्रतिशत मानिसले यसलाई सबैभन्दा बकवास फिल्म मानेका छन्। यो
• बकवास फिल्म नम्बर ३ : हंगामा 2 (Hungama 2) : –
शिल्पा शेट्टी र परेश रावल अभिनीत हंगामाको सिक्वेल हंगामा २ बनाइएको थियो, जुन फ्लप साबित भयो। १४.५१ प्रतिशतले यसलाई २०२१ को सबैभन्दा बकवास फिल्म मानेका छन् ।
• बकवास फिल्म नम्बर २ : सत्यमेव जयते २(Satyameva Jayate 2) : –
सन् २०२१ मा धेरै घटिया सिक्वेलहरु रिलिज भए। बन्टी और बब्ली, हङ्गामापछि सत्यमेव जयतेको सिक्वेल रिलिज भयो। मसाला फिल्मको रुपमा यसलाई प्रचारप्रसार गरिए पनि यसले दर्शकले खोजेजस्तो मनोरञ्जन दिन सकेन। ट्रिपल रोलमा जोन अब्राहमले सबैलाई निराश बनाए। लगभग १९ प्रतिशत मानिसहरुले यो फिल्मलाई सन् २०२१ को सबैभन्दा बकवास फिल्म मानेका छन्।
• बकवास फिल्म नम्बर १ : राधे – योर मोस्ट वान्टेड भाई(Radhe: Your Most Wanted Bhai) : –
सलमान खानले आफ्नो फिल्म ‘राधे’ ओटिटीमा रिलिज गरेका थिए जसमा कुनै नयाँपन थिएन। प्रभुदेवा घटिया निर्देशनले फिल्मलाई बर्बाद बनाएको छ। लगभग २६ प्रतिशत मानिसहरुले यो फिल्मलाई सबैभन्दा बकवास फिल्म मानेका छन्।