एजेन्सी : पछिल्लो समय बलिउडका चर्चित सेलिब्रेटीहरुका बाल्यकालको तस्बिरहरु सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन्। फ्यान्स पनि आफ्नो मनपर्ने स्टारको बाल्यकालको तस्बिरहरु हेर्न चाहन्छन्। यसैबीच एकपटक फेरि पनि सामाजिक सञ्जालमा एक फोटो भाइरल भइरहेको छ। जुन तस्बिर हेरेर धेरैले कसको तस्बिर हो भनेर छुट्ट्याउन सकेका छैनन्। धेरै कमले मात्र यो फोटो कसको भनेर चिनेका छन्। सामाजिक सञ्जालमा जुन बच्चाको तस्बिर भाइरल भएको छ त्यसमा बच्चा बि:;-*ना कपडामा पोज दिईरहेका छन्।
तस्बिरमा बच्चालाई निकै क्युट देखिएको छ। उनले कम्मरमा हात राखेर पोज दिएका छन्। उनको क्युटनेस चौतर्फी तारिफ भईरहेको छ। तस्बिरको बच्चा अरु कोहीँ नभएर अहिलेका लोकप्रिय सुपरस्टार सलमान खान(Salman Khan) हुन्।
यो तस्बिर सामाजिक सञ्जालमा भाइरल हुनेबित्तिकै फ्यानहरूले आ-आफ्ना अनुमान लगाउन थालेका थिए। उनका डाई-हार्ड फ्यान्स(Die-Hard Fans) ले समेत उनलाई चिन्न सकेनन्। वर्कफ्रन्टको कुरा गर्दा, सलमान खान अन्तिम पटक फिल्म ‘अन्तिम : द फाइनल ट्रुथ(Antim: The Final Truth)’ मा देखिएका थिए। फिल्म बक्स अफिसमा राम्रै कमाई गरेको थियो।