‘भूतनाथ’ मा अमिताभसँग देखिएका यो बच्चा अहिले बनिसके ‘घोर्ले स्याल’, चिन्न गाह्रै पर्नेछ

एजेन्सी : सन् २००८ मा आएको फिल्म ‘भूतनाथ(Bhoothnath)’ बालबालिकादेखि बृद्धबृद्धासम्म निकै रुचाइएको फिल्म थियो। यो फिल्ममा अमिताभ बच्चन(Amitabh Bachchan)ले भूत बनेर मानिसहरूलाई खुब मनोरञ्जन प्रदान गरेका थिए। अमिताभसँगै फिल्ममा ‘अमन’ को भूमिका निभाएका बाल कलाकार अमन सिद्दिकी(Aman Siddiqui)को भूमिकालाई पनि मानिसहरूले मन पराएका थिए। फिल्ममा उनलाई मायाले ‘बंकू’ भनेर पनि बोलाइन्थ्यो। फिल्म रिलिज भएको १४ वर्षभन्दा बढी भईसक्यो। र यत्तिका वर्षमा अमन सिद्दिकीको लुकमा पनि पूरै परिवर्तन आएको छ।

अमन सिद्दिकीको हालै सार्वजनिक भएको तस्बिरमा उनी एउटा सुन्दर ठाउँको पर्खालमा बसेको देख्न सकिन्छ। उनले जिन्स र टिशर्ट लगाएकी छिन्। तस्बिरमा अमन जवान र सुन्दर देखिएका छन्। अधिकांसले यो फोटो देखेर उनलाई नचिनेको प्रतिक्रिया दिएका छन्। यतिका वर्षपछि अमन घोर्ले स्याल बनेकोमा कुनै दुईमत छैन।

फिल्म ‘भूतनाथ’ मा अमन र अमिताभको केमेस्ट्रीलाई मानिसहरूले असाध्यै मन पराएका थिए। खासगरी अमनको क्युटनेसले मानिसहरुको मन जित्यो। त्यसपछि भूतनाथ रिटर्न्स(Bhoothnath Returns) पनि आयो, तर त्यसमा अमन सिद्दीकी देखिएनन्। अमन सन् २०१३ मा शिवालिक(Shivalika) फिल्ममा देखिएका थिए। उनले विशेषत: भूतनाथमा ‘बंकू’ को भूमिका निभाएर यत्तिको लोकप्रियता हासिल गरिन्।



प्रकाशित : आइतबार, माघ ०९, २०७८१७:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘पुष्पा’ को ऐतिहासिक सफलतापछि अल्लु अर्जुनलाई १०० करोडको अफर