ह्वात्तै बढ्यो जोन अब्राहमको भाउ, ‘एक भिलेन रिटर्न्स’ को लागि मागे यति करोड

एजेन्सी : बलिउड अभिनेता जोन अब्राहम(John Abraham) को लोकप्रियता पछिल्लो समय निकै बढेको छ। जोन अब्राहमका पछिल्ला केही फिल्महरु फ्लप भए पनि उनलाई कामको कहिल्यै खडेरी लागेन्। यो वर्ष उनीसँग तीन वटा बिग बजेट फिल्म छन्।

जोन अब्राहम अहिले ‘एक भिलेन रिटर्न्स(Ek Villain Returns)’ मा काम गरिरहेका छन्। यो फिल्म सन् २०१४ मा रिलिज भएको फिल्म ‘एक भिलेन(Ek Villain)’ को सिक्वेल हो। ‘एक भिलेन रिटर्न्स’ को निर्देशन मोहित सूरीले गरिरहेका छन्। फिल्म जोन अब्राहम, अर्जुन कपुर, दिशा पटानी र तारा सुतारिया मुख्य भूमिकामा देखिनेछन्।

योसँगै जोन अब्राहमले यो फिल्मको लागि आफ्नो पारिश्रमिक निकै बढाएका छन्। यति मात्र होइन जोनले आदित्य चोपडाको फिल्म ‘पठान’ को लागि पनि मोटो रकम पारिश्रमिक लिएका छन्।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार शाहरुख खान र दीपिका पादुकोण स्टारर फिल्म ‘पठान’ को लागि जोनले २० करोड भारु पारिश्रमिक लिएका छन्। योसँगै जोनले ‘एक भिलेन रिटर्न्स’का लागि २१ करोड भारु शुल्क लिएका छन्। जोनले तीन वर्षमा आफ्नो फिसमा तीन गुणा वृद्दि गरेका छन्।

प्रकाशित : बिहिबार, माघ ०६, २०७८१८:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

समीक्षा र पलको सम्बन्धको चर्चा: अब समय आउँदैछ यथार्थ खुलाउने- गायिका समीक्षा अधिकारी