६२ वर्षीय बुढा अभिनेता नागार्जुनले तरुणी अभिनेत्रीसँग रो;:मा*न्स गर्दै

एजेन्सी : दक्षिण भारतीय सिनेमा जगतका सुपरस्टार नागार्जुन (Nagarujna) स्टारर ‘द घोस्ट’ (The Ghost) फिल्मका निर्माताहरु लामो समयदेखि अभिनेत्रीको खोजीमा छन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार यो फिल्मको लागि सर्वप्रथम काजल अग्रवाल(Kajal Aggarwal) लाई फाइनल गरिएको थियो तर गर्भावस्थाका कारण उनले यो प्रोजेक्ट छाडिन्।

त्यसपछि फिल्ममेकर्सले अमाला पल(Amala Paul) र मेहरीन कौर पिरजादा(Mehreen Kaur peerjada)सँग पनि रोलको लागि कुराकानी गरे तर दुवै अभिनेत्रीले चर्को पारिश्रमिकको माग गरे। जसकारण यी दुई जना पनि मेकर्सको रोजाईमा पर्न सकेनन्। पछि ज्याक्लिन फर्नान्डिज(Jacqueline Fernandez) लाई नागार्जुनको अपोजिटमा प्रमुख अभिनेत्रीको भूमिकामा प्रस्ताव राखियो तर ज्याक्लिन विवादमा मुछिएपछि उनलाई पनि फिल्म लिईएन्। पछिल्ला खबरहरुअनुसार अन्तत: फिल्मको लागि नयाँ अभिनेत्रीको छनोट गरिएको छ।

भारतीय मिडिया रिपोर्ट्स अनुसार बंगराजु(Bangarraju) फेम नागार्जुनको फिल्मको लागि अहिले सोनल चौहान (Sonal Chauhan) सँग अप्रोच गरिएको छ।

श्रोतले भारतीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार ३४ वर्षीय अभिनेत्री सोनल चौहान (Actress Sonal Chauhan) ले प्रवीण सत्तारूको फिल्ममा काम गर्ने वचन दिईसकेकी छिन्।

४ अभिनेत्रीपछि ‘द घोस्ट’ का निर्माताले सोनल चौहानलाई यो प्रोजेक्टमा समावेश गरेका हुन्। यद्यपि अहिलेसम्म यसबारे फिल्मका टिमले आधिकारिक पुष्टि भने गरेका छैनन्।

सोनल चौहान अहिले तेलुगु फिल्म ‘एफ३: फन एण्ड फ्रस्ट्रेशन(F3: Fun and Frustration)’ मा व्यस्त छिन्, जसमा वरुण तेज(Varun Tej) अपोजिटमा देखिनेछिन्। यस फिल्ममा दग्गुबती वेङ्कटेश(Daggubati Venkatesh) पनि महत्वपूर्ण भूमिकामा रहनेछन्।

सोनलले इमरान हाशमी(Emraan hashmi) सँग बलिउड फिल्म ‘जन्नत’ (Jannat) बाट अभिनय यात्राको सुरुवात गरेकी थिईन्। जुन फिल्ममा उनले जोया माथुरको भूमिका निर्वाह गरेकी थिईन्।

एउटा हिन्दी फिल्ममा काम गरेपछि सोनल टलिउडतिर लागिन्। उनले ‘रेन्बो(Rainbow)’ तेलुगु इन्डस्ट्रीमा कदम राखिन्, त्यसपछि उनी तमिल र कन्नड फिल्महरुमा पनि देखा परिन्।

फिल्मबाहेक सोनल आफूले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिरहरुका कारण पनि चर्चाको केन्द्रमा रहन्छिन्। सामाजिक सञ्जालमा उनले पोस्ट गर्ने ह:-ट तस्बिरहरुले लाखौँ मान्छेको मन जित्ने गर्छ।

प्रकाशित : बिहिबार, माघ ०६, २०७८१२:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी कलाकारको दुर्घटनामा भएको थियो निधन, यी अभिनेत्री थिइन् २ महिनाको गर्भवती !