बलिउड तथा हलिउडमा यस्ता धरै कलाकार छन् जसले अभिनेता क्षेत्रबाट करोडौँ मानिसको मनमा बस्न सफल हुँदा हुँदै पनि विभिन्न कारणले दुर्घटनामा परेर अकालमा ज्यान गुमाएका थिए । आज हामी यस पोस्ट मार्फत यस्ता कलाकारको बारेमा कुरा गर्ने छौँ । जसले अल्पायुमा नै दुर्घटनामा परेर ज्यान गुमाएका थिए ।
तरुणी सचदेव
बाल कलाकार तरुणी सचदेवको विमान दुर्घटनामा निधन भएको हो । त्यस समयमा उनी भर्खर १४ वर्षकी थिइन् जब तरुणीले संसारलाई बिदा गरेकी थिइन् । उनी आफ्नो समयको सबैभन्दा चर्चित बाल कलाकार थिइन् । संसारले उनलाई रसना केटी भनेर पनि चिन्छ ।
सौन्दर्या
साउथ फिल्म र ‘सूर्यवंशम’ फिल्मकी अभिनेत्री सौन्दर्याको निधनले सिंगो अभिनय क्षेत्रलाई स्तब्ध बनाएको थियो । १७ अप्रिल २००४ मा विमान दुर्घटनामा उनको निधन भएको थियो । अभिनेत्रीको निधन हुँदा उनी दुई महिनाकी गर्भवती थिइन् । उत्कृष्ट अभिनयको साथै सुन्दरताको कारण मानिस हरुलाई आकर्षित गर्न सफल अभिनेत्री निधनमा करोडौँ मानिस स्तब्ध भएका थिए ।
पाउल वाल्कर
चर्चित स्टा:-र पल वाकरको सन २०१३ मा उत्तरी लस एन्जलसमा कार दुर्घटनामा निधन भएको थियो । पल त्यस समयमा साथीको कारमा जाँदै थिए। उनी आफ्नो संस्था ‘रि-च आउट व-र्ल्ड’ को एक परोपकारी कार्यक्रममा सहभागी हुन जाँदै थिए । पल वाल्कर निधनको समयमा मात्र ४० वर्षका थिए। उनलाई कार रेसिङको यति धेरै अनुभव थियो कि दुर्घटना भएको दिन साथीले नभइ आफैले कार चलाएको भए उनी बाँच्ने थिए भनी मानिसहरू भन्छन्।