एजेन्सी : साउथका सुपरहिट अभिनेता धनुष र उनकी पत्नी ऐश्वर्याले लामो समयसम्म वैवाहिक बन्धनमा रहेपछि अलग्गिने निर्णय गरेका छन्। दुवैले सोमबार एक संयुक्त विज्ञप्ति जारी गर्दै सम्बन्धविच्छेदको खबर सार्वजनिक गरेका हुन्। धनुष र ऐश्वर्याले सन् २००४ मा सात फेरा लिएका थिए। विवाहपछि सञ्चारमाध्यममा कहिल्यै यी दुईबीचको मनमुटावको खबर आएन् तर अचानक सम्बन्ध विच्छेदको खबरले सबैलाई स्तब्ध बनाएको छ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार धनुष काममा धेरै व्यस्त हुन् लागेका थिए। उनी प्राय: शूटिङका लागि बाहिरै हुने गर्थे र ऐश्वर्यालाई खासै समय दिन सकिरहेका थिएनन्। यहीँ कुराले दुवैबीच तनाव बढ्न थाल्यो। धनुषको सर्वश्व छाडेर कामलाई मात्र प्राथमिकता दिने आदतबाट ऐश्वर्या वाक्कदिक्क बनेकी थिईन्।
मिडिया रिपोर्ट्स अनुसार धनुषले कामको व्यस्तताको कारण आफ्नो सम्बन्ध र परिवारलाई ध्यान दिएनन्, जसकारण दुवैबीच दूरी बढ्न थाल्यो। पत्नी ऐश्वर्यासँगको सम्बन्धमा तीक्तता आएपनि धनुषले सम्बन्धमा सुमधुर ल्याउनुको सट्टा झन् अरु फिल्ममा साइन गरे। छुट्टिनुअघि दुवैले निकै विचार-विमर्श गरेको समाचार प्रकाशित पनि भएका छन्। यद्यपि अन्त्यमा दुवैले छुट्टिने निर्णय गरे।
धनुष र ऐश्वर्या १८ वर्षको वैवाहिक बन्धनबाट अलग भएका हुन्। उनीहरुका दुई छोरा छन् – यात्रा र लिङ्गा। बच्चाको कस्टडीबारे दुवैजनाले अहिलेसम्म आधिकारिक खुलासा गरेका छैनन्। केही भारतीय सञ्चारमाध्यमहरुका अनुसार दुवैले मिलेर सन्तान हुर्काउने निर्णय गरेका छन्। भविष्यमा धनुष र ऐश्वर्याले दुवै बच्चासँग एकसाथ सार्वजनिक उपस्थिति पनि दिन सक्ने अनुमान गरिएको छ।