शुक्र-मंगल एक साथमा बनाउँदै शुभ संयोग, यी राशिका मानिसलाई अत्यन्तै शुभ !

ज्योतिषशास्त्रमा जीवनको हरेक पक्ष कुनै न कुनै ग्रहसँग सम्बन्धित हुन्छ। सम्बन्धित ग्रहको स्थितिमा हुने परिवर्तन र कुण्डलीमा उक्त ग्रहको स्थितिले जीवनको त्यो क्षेत्रमा गहिरो प्रभाव पार्छ। प्रेम जीवन र दाम्पत्य जीवनमा प्रभाव पार्ने मंगल ग्रहले हालै राशि परिवर्तन गरेको छ। मंगल ग्रह धनु राशिमा प्रवेश गरेको छ। अर्कोतर्फ प्रेम, भौतिक सुख र सौन्दर्यको ग्रह शुक्र यस राशिमा पहिलैबाट नै वक्री चाल चल्दै छ। यसरी धनु राशिमा यी २ ग्रहको संयोगले यस राशिका मानिसमा सबैभन्दा बढी प्रभाव पार्नेछ।

मंगल-शुक्रको संयोग 

धनु राशिमा विवाहको कारक मंगल र प्रेमको कारक शुक्रको योगले रोचक अवस्था सिर्जना गरेको छ। मंगल र शुक्र बीच एक तटस्थ सम्बन्ध छ। तर मंगल साहस र उत्साहको प्रतीक हो भने शुक्र प्रेमको ग्रह हो। यस कारण यी दुई ग्रहको मिलनले जीवनमा उत्साह र ऊर्जा भर्ने काम गर्छ। तर यस्तो तब मात्र हुन्छ जब यी दुबै ग्रहहरू कुण्डलीमा शुभ स्थितिमा हुन्छन् अन्यथा तिनीहरूको विपरीत प्रभाव हुन्छ।

वक्री स्थितिमा शुक्र 

यस पटक कुरा गडबड भएको छ किनभने शुक्र प्रतिगामी गतिमा छ, जुन शुभ मानिएको छैन। यसबाहेक धनु राशिका स्वामी बृहस्पति र शुक्र पनि आपसमा शत्रु ग्रह हुन्। यस कारण यो संयोग धनु राशिका मानिसका लागि शुभ भन्न मिल्दैन। यसका कारण धनु राशिका व्यक्तिहरुको प्रेम र दाम्पत्य जीवनमा कठिनाइ बढ्नेछ। धनु राशिका मानिसको क्रोध, आक्रामकता बढ्नेछ, साथै सुख प्राप्तिको चाहना पनि बढ्नेछ। यस्तो व्यवहारले जीवन साथीसँगको सम्बन्धमा समस्या निम्त्याउँछ। शारीरिक आक्रामकता पनि बढ्न सक्छ। कतिपय व्यक्तिको वैवाहिक सम्बन्ध भन्दा बाहिर पनि अनैतिक सम्बन्ध बन्न पनि सक्छ।

यो राशिमा शुक्र छु फेब्रुअरी सम्म प्रतिगामी रहनेछ र यसले धनु राशिका मानिसहरूमा ठूलो प्रभाव पार्नेछ। यस समयमा धनु राशिका व्यक्तिहरुका लागि केही शुभ यात्रा पनि सम्भावना देखिन्छ। आफ्नो क्रोध नियन्त्रण गर्नु राम्रो हुनेछ।

प्रकाशित : सोमबार, माघ ०३, २०७८१५:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पापी ग्रह राहुले साढे २ वर्षपछि राशि परिवर्तन गर्दै, ५ राशिको जिवनमा अनेक समस्या निम्त्याउने