पापी ग्रह राहुले साढे २ वर्षपछि राशि परिवर्तन गर्दै, ५ राशिको जिवनमा अनेक समस्या निम्त्याउने

राहु र केतु दुबैलाई पापी ग्रह मानिन्छ। यी दुई ग्रहको कुनै भौतिक अस्तित्व छैन। तर धार्मिक दृष्टिकोणले राहु-केतु दुबैलाई निकै महत्वको मानिन्छ। राहुलाई भ्रमको ग्रह पनि भनिन्छ। यसले धमिलो दृष्टि, झूटा आशा र अन्धविश्वास ल्याउँछ। यदि व्यक्तिको कुण्डलीको शुभ घरमा राहु अवस्थित छ भने यसले सकारात्मक परिणाम दिन्छ र यदि यो अशुभ घरमा अवस्थित छ भने यसले नकारात्मक परिणाम दिन्छ। डेढ वर्षपछि राहुले आफ्नो राशि परिवर्तन गर्दैछ। राहुले १२ जुलाई २०२२ मा मेष राशिमा प्रवेश गर्नेछ। जान्नुहोस् कुन राशिको जीवनमा यो परिवर्तनले भूकम्प ल्याउँनेछ…

मेष राशि

राहुको गोचरको अवधिमा पारिवारिक र व्यावसायिक जीवनमा समस्याको सामना गर्नु पर्नेछ। यस अवधिमा तपाईंको जागिर गुम्ने डर हुनेछ। यो वर्ष तपाईंले व्यक्तिगत सम्पत्तिमा कुनै पनि प्रकारको लगानी गर्नुहुँदैन किनभने यस अवधिमा गरिएको सम्झौता तपाईंको लागि नकारात्मक साबित हुन सक्छ। तपाईंको बोलीमा कटुता आउन सक्छ, जसले तपाईंको धेरै सम्बन्ध बिगार्न सक्छ। तसर्थ, कुनै पनि कुरा सावधानीपूर्वक भन्नुहोस्।

वृष राशि

यस समयमा तपाईं हराएको र अन्योल महसुस गर्न सक्नुहुन्छ। त्यसैले यस अवधिमा हतारमा कुनै निर्णय नगर्नुहोस्। तपाईंको खर्च बढ्न सक्छ र तपाईंले यस बीचमा घाटा बेहोर्नु पर्नेछ। यात्रामा धेरै धन खर्च हुनसक्छ।

मिथुन राशि

राहुको यो स्थितिले तपाईंलाई निकै खर्चिलो बनाउन सक्छ। परिवारमा केही अशान्ति हुन सक्छ। जसका कारण तपाईं त्रसित हुनुहुनेछ। यो समयमा तपाईंको आआफ्ना दाजुभाइसँग झगडा हुन सक्छ। आर्थिक अवस्था ठिक रहनेछ। तर नजिकको सम्बन्ध बिग्रने सम्भावना छ।

सिंह राशि

यस अवधिमा तपाईंलाई कामको बारेमा चिन्ता हुन सक्छ। तपाईंले आफ्ना वरिष्ठ कर्मचारीहरूसँगको सम्बन्धमा हल्का जटिलता पनि महसुस गर्न सक्नुहुन्छ। कुनै पनि प्रकारको बहसबाट टाढा रहनुहोस्, अन्यथा अदालतको चक्कर काट्नु पर्ने हुन सक्छ। यस अवधिमा तपाईंको भाग्य अनिश्चित र अस्थिर हुने सम्भावना छ। कुनै पनि काममा सफलता पाउनको लागि धेरै नै मिहिनेत गर्नुपर्ने हुन्छ। तपाईंले आफ्नो प्रेम सम्बन्धमा केही उथलपुथलको सामना पनि गर्न सक्नुहुन्छ।

मीन राशि

अध्ययनरत विद्यार्थीका लागि यो समय कष्टप्रद साबित हुनेछ। आर्थिक समस्याको सामना गर्नु पर्नेछ। व्यावसायिक जीवनमा आफ्नो क्षमता प्रमाणित गर्नको लागि तपाईंले कडा परिश्रम गर्नुपर्ने हुन्छ। यो गोचरले तपाईंका लागि आर्थिक रूपमा केही अनिश्चितता ल्याउन सक्छ। बोलीमा तितोपन आउन सक्छ। घाँटी तथा दाँत सम्बन्धि समस्याले तपाईंलाई सताउन सक्छ।

प्रकाशित : सोमबार, माघ ०३, २०७८१७:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलिको राशिफल : श्रीगणेशको कृपादृष्टिले तपाईको दिन अनुकूल-प्रतिकूल कस्तो रहला ?