महिलाले सुत्नु भन्दा पहिले अवश्य गर्नुहोस् यस्ता कार्य, माता लक्ष्मीको कृपाले जीवनमा हुने छैन धनको कमी

हिन्दु धर्मका अनुसार नारीलाई लक्ष्मीको रुपमा मानिन्छ । जुन घरमा नारीले सुख पाउँछन् त्यस घरमा माता लक्ष्मीको कृपा हुने मान्यता रहेको छ । त्यस्तै जुन घरमा नारीको दु:ख पाएका हुन्छन् त्यस घारमा लक्ष्मी माता क्रोधित हुने जनविश्वास छ । यस्तो अवस्थामा घरको नारीले केही उपाय अपनाएमा धन सम्वन्धी समस्याबाट मुक्ति मिल्छ । यसबाहेक माता लक्ष्मीले प्रसन्न भएर धनको वर्षा गराउने मान्यता रहेको छ ।

सुत्नु भन्दा पहिले कपुर बाल्नुहोस्

दिनहुँ सुत्नुअघि घरमा कपूर बाल्नु होस् । यसो गर्नाले घरको नकारात्मक ऊर्जाको अन्त्य हुन्छ । यसका साथै सुत्ने कोठामा कपूर बालेमा पति पत्नीबीच झगडा हुँदैन । परिवारमा पनि खुसी रहन्छ । यस्तो अवस्थामा घरको महिलाले दैनिक रुपमा यस काम गर्नुपर्छ ।

दक्षिण पश्चिम कुनामा दियो बाल्नु

राति सुत्नुअघि घरकी महिलाले घरको पश्चिम र दक्षिण कुनामा दियो बाल्नुहोस् । यस दिशामा दियो बाल्नाले पितृको कृपा प्राप्त हुनेछ । जसले घरमा सुख शान्ति छाउने छ ।

ठूला बढाको सम्मान

जुन घरमा मातापिता र आफूभन्दा ठूलाको हेरचाह र सम्मान हुन्छ, त्यस घरमा लक्ष्मीको विशेष कृपा रहन्छ । यस्तो अवस्थामा घरकी महिलाले सुत्नुअघि अभिभावक वा ठूलाको सेवा गर्नुपर्छ ।

प्रकाशित : सोमबार, माघ ०३, २०७८१४:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज पौष पूर्णिमाको दिन बन्दैछ विशेष योग, जान्नुहोस् पूजाको शुभ साइत !