आज पौष पूर्णिमाको दिन बन्दैछ विशेष योग, जान्नुहोस् पूजाको शुभ साइत !

पौष पूर्णिमाको दिन चन्द्रमा पूर्ण आकारमा हुनेछन् । यस दिन स्नान र दान गर्नु ठुलो महत्त्व रहेको छ । यस दिन सूर्यदेवलाई अर्घ्य दिनु पनि धेरै शुभ मानिन्छ ।

पौष महिनामा आउने पूर्णिमालाई पौष पूर्णिमा भनिन्छ । तर यस वर्ष तिथिको अनुसार माघ ३ गते परेको छ । हिन्दु धर्ममा पौष पूर्णिमाको ठूलो महत्त्व रहेको छ । पौष पूर्णिमाको दिन चन्द्रमा पूर्ण आकारमा हुनेछन् । यस दिन स्नान र दानको ठूलो महत्त्व छ। साथै सूर्यदेवलाई अर्घ्य दिनु निकै शुभ मानिन्छ ।

पौष पूर्णिमाको दिन चन्द्रदेव, भगवान विष्णु र लक्ष्मीको पूजा गरिन्छ । यस्तो अवस्थामा पौष पूर्णिमाको शुभ मुहूर्त, पूजा विधि र महत्वको बारेमा जान्नु निकै आवश्यक हुन्छ ।

पौष पूर्णिमा शुभ मुहूर्त

पौष पूर्णिमा २०७८ माघ ३ गते सोमबार
पूर्णिमा तिथि प्रारम्भ – माघ ३ गते बिहान ०३:१८
पूर्णिमा तिथि समाप्त – माघ ४ गते बिहान ०५:१७

पौष पूर्णिमाको शुभ योग

नेपाली पात्रोहरुका अनुसार यस पटक पनि पौष पूर्णिमाका दिन शुभ योग बन्न लागेको छ । पौष पूर्णिमाका दिन सर्वार्थ सिद्धि योग बन्दैछ । यो योग माघ ३ गते बिहान ४:३७ बजेबाट सुरु भएर माघ ४ गते बिहान ७:१५ बजेसम्म रहनेछ।

यस दिन ब्रह्म मुहूर्तमा उठेर स्नान गर्नुहोस्। स्नानपछि सूर्यदेवको मन्त्र जप गरेर अर्घ्य दिनुहोस् । यसपछि मन्दिरमा दियो बालेर सबै देवताहरूलाई गंगा जलले अभिषेक गर्नुहोस्। यस दिन विशेष गरेर भगवान विष्णु र माता लक्ष्मीको पूजा गर्नुहोस्। चन्द्रोदय पछि चन्द्रमाको पूजा गर्नुहोस्। यसका साथै कुनै पनि गरिबलाई दान दिनुहोस् ।

पौष महिनालाई सूर्यदेवको महिना भनिन्छ । यस महिनामा सूर्यदेवको पूजा आराधना गर्नाले व्यक्तिले मोक्ष प्राप्त गर्छ । यस दिन पवित्र नदीहरूमा स्नान र दान गर्नाले हरेक मनोकामना पूरा हुन्छ। यसका साथसाथै व्यक्तिलाई सबै प्रकारका पीडा र कष्टबाट मुक्ति मिल्छ।

प्रकाशित : सोमबार, माघ ०३, २०७८१५:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी राशिका पुरुष भनेपछि मरिहत्ते गर्छन् युवतीहरु, हुन्छन् हरेक युवतीको मानको राजकुमार !