नेपालमा पनि भोजपुरी चलचित्र निकै लोकप्रिय हुने गर्दछ । नेपालका पनि केही कलाकार भोजपुरी सिनेमा अहिलेको समयमा अभिनय गरिरहेका छन् । पछिल्लो समयमा भोजपुरी सिनेमाको चर्चित अभिनेत्री मोनालिसा अभिनयमा जस्तै सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । अभिनेत्री आफ्ना फ्यानहरु सँग जोडिनको लागि हरेक दिन नयाँ-नयाँ तास्वीर तथा भिडियो सार्वजनिक गर्ने गर्छिन् ।
यसै क्रममा अभिनेत्रीले उनको यस्तो तस्वीर सेयर गरेकी छिन् जुन अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । पछिल्लो समयमा बलिउड स्टारको बाल्यकालको तस्वीर भाइरल भएसँगै अभिनेत्री मोनालिसाका फ्यानले पनि उनको बाल्यकालको तस्बिर सार्वजनिक गर्न माग गरेका थिए ।
अहिले मोनालिसाले उनको बाल्यकालको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरकी छिन् । कालो र सेतो फोटोमा मोनालिसा निकै क्यूट देखिएकी छिन् । उनी कुर्सीमा बसेर क्यामेरामा हेर्दै छिन्। उनले यस तस्वीरमा फ्रक लगाएकी छिन् । यो तस्वीरलाई फ्यानहरुले निकै रुचाएका छन् । मोनालिसाले ‘एक मैं और एक तुम’, ‘मेरी लाइफ मे हर वाइफ’, ‘सर्टकट’, ‘द मर्डरर’, ‘खूबसुरत’, ‘थोडी मस्ती थोडा प्यार’ लगायतका धेरै बलिउड फिल्ममा काम गरिसकेकी छिन् ।
यसको साथै मोनालिसा भारतको चर्चित रियालिटी शो ‘बिग बोस’ को धेरै सिजनहरूमा देखि सकेकी छिन्।