यस वर्षको मागे संक्रान्तिमा महासंयोग बन्ने भएको छ । यस दिन ४ ठूला संयोग बनेको छ । जुन भाग्य परिवर्तनको लागि शुभ साबित हुनसक्छ । रोहिणी नक्षत्र माघ १४ गते साँझ रहनेछ । रोहिणी नक्षत्र पूजा, दान र धर्मका लागि अति शुभ मानिन्छ। सोही दिन सूर्यदेव धनु राशिबाट स्थान परिवर्तन गरी मकर राशिमा प्रवेश गर्नेछन् । सूर्य दक्षिणायनबाट उत्तरायणमा सर्नेछ त्यसपछि खरमा समाप्त भई मांगलिक कार्य सुरु हुनेछ।
यसैबीच ज्योतिष शास्त्रका अनुसार मकर संक्रान्तिमा ब्रह्मयोग, व्रजयोग र आनन्दादि योग बन्ने गरेको छ । यसबाहेक बुधादित्य योग पनि रहनेछ ।यस योगमा शुभ र सुख-शान्तिपूर्ण कार्य गर्नका लागि धेरै राम्रो मानिन्छ। यस्तो योगमा काम सुरु गर्नाले कार्य सहजै रुपमा सम्पन्न हुनुका साथै सफलता पनि मिल्छ । साथै यस महासंयोगमा गरेको दान र परोपकारका कामको फल धेरै जन्ममा प्राप्त हुन मान्यता रहेको छ ।
त्यसतै सिंहमा सवार भएर आउने मकर संक्रान्ति व्यवसायीका लागि निकै शुभ मानिन्छ । विशेष गरी कपडा, आभूषण, सौन्दर्यको व्यापार गर्ने हरूला लागि विशेष लाभ प्राप्त हुनेछ । साथै, मौसममा पनि यसको प्रभाव पर्नेछ। मकर संक्रान्तिको दिन तिल र सखर दान गर्नुहोस् साथै सेवन गर्नुहोस् र सूर्यको पूजा गर्नुहोस्। यसो गर्नाले वर्षभर सूर्यदेवको कृपाले हरेक काममा सफलता मिल्ने मान्यता रहेको छ ।