माघे संक्रान्तिको दिन घरमा राख्नुहोस् यस्ता चिज, वर्षभर हरेक काममा मिल्नेछ सफलता !

आजको दिन सुर्यदेव धनु राशिलाई छोडी मकर राशिमा प्रवेश गर्ने छन् । सूर्यदेवको यस राशी परिवर्तनलाई माघे संक्रान्तिको रुपमा मानाइन्छ । आज अर्थात् पुष ३० गते राति ८:१५  सूर्यदेव धनु राशि छोडी मकर राशिमा प्रवेश गर्नेछन् । भोलि पुण्यकाल भएको हुँदा अधिकांशले भोलि अर्थात् माघ १ गते मकर संक्रान्ति मनाउने गर्छन्।

माघे संक्रान्ति पर्वमा भगवान सूर्य देवको आर्शिवाद प्राप्त गर्नको लागि विशेष दिन परेको छ । धार्मिक मान्यता रहेको छ की माघे संक्रान्तिको दिन भगवानहरु पनि धर्तीमा आउने जनविश्वास रहेको छ । त्यसैले यस दिन स्नान, दान र दान गर्नु निकै विशेष मानिन्छ ।

घरमा भइरहने कलहको अन्त्य  गर्छ यस्ता चिजले

धर्म र ज्योतिष शास्त्र जस्तै वास्तु शास्त्रमा पनि सूर्य देवतालाई ठूलो महत्त्व दिइएको छ। त्यसैले सूर्यदेवसँग सम्बन्धित चीजहरू घरमा राख्नको लागि विशेष नियमहरू छन्। वास्तु शास्त्रका अनुसार माघे संक्रान्तिको दिन सूर्यदेवलाई प्रसन्न पार्न पूर्व दिशामा कुनै विशेष वस्तु राखेमा वर्षभरि धेरै लाभ मिल्ने मान्यता रहेको छ । यस्ता चिजले घरमा सधैँ सकारात्मकता ल्याउँछ ।

पितलबाट बनेको वस्तु सूर्य देवताको प्रतीक हो । माघे संक्रान्तिको दिन स्नान गरेपछि सूर्य देवताको पितलको प्रतीकलाई घरको पूर्व दिशामा राख्नुहोस्। ध्यान राख्नुहोस् यो पूजामा घण्टी हुनुपर्छ। यस पूजामा घण्टीलाई पनि धेरै शुभ मानिन्छन् किनभने घण्टी बजाउँदा ॐ को आवाज आउँछ। सूर्य देवको प्रतीकलाई रातो धागोमा झुण्ड्याएर राख्नुहोस् र यसको तलको घण्टी राख्नुहोस् कि जब हावा चल्छ यी घण्टीहरू बज्छन्।

प्रकाशित : शुक्रबार, पुष ३०, २०७८११:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शनिदेव साढे दुई वर्ष कुम्भ राशिमा विराजमान हुँदै, यी राशिका लागि यो समय अत्यन्तै कष्टदायी हुने !