एजेन्सी : चर्चित भारतीय अभिनेत्री श्वेता तिवारी(Shweta Tiwari) की छोरी पलक तिवारी पछिल्लो समय आफ्नो डेब्युको कारण चर्चामा छिन्। उनको फिल्म ‘रोजी’ रिलिजको तयारी अवस्थामा रहेको छ। यसैबीच पलक तिवारीको सिजलिङ तस्बिरहरुले सामाजिक सञ्जालमा हङ्गामा मच्चाइरहेको छ।
ग्लामरस वर्ल्डमा पलक तिवारीले ‘बिजली-बिजली’ गीतबाट पाइला टेकेकी हुन्। पलकको यो गीतलाई निकै रुचाइएको थियो।
पलक तिवारीको डेब्यु फिल्म रोजी यहीँ हप्ता १४ जनवरी २०२२ मा रिलिज हुँदैछ। उनका फ्यान्स उनको यो फिल्मको लागि व्यग्रताको साथ पर्खाईमा रहेका छन्।
पलक तिवारीको डेब्यु फिल्म रोजीमा विवेक ओबेरोय पनि देखिँदैछन्। पलक यो फिल्मलाई लिएर निकै उत्साहित छिन्।
पलक तिवारी आफ्नो डेब्युसँगै आफ्नो स्टाइल र ग्ल्यामरस लुकका कारण चर्चामा रहन्छिन्।
पलक तिवारीका तस्बिरहरु हेर्दा उनको स्टाइल र ग्ल्यामरको अगाडि बलिउड अभिनेत्रीहरु पनि फिक्का पर्छन्।
पलक तिवारीले अहिलेसम्म बलिउडमा कदम राखेकी छैनन् तर उनको फ्यान फलोइङ कुनै ठूला अभिनेत्रीभन्दा बिल्कुलै कम छैन।
सामाजिक सञ्जाल इन्स्टाग्राममा उनलाई १.४ मिलियनले फलो गर्छन्। केवल २१ वर्षको उमेरमा पलक तिवारीले लाखौँ मानिसहरुलाई आफ्नो सुन्दरताले कायल पारिसकिन्।