शहनाज देखिइन् अहिले सम्मकै फरक शैलीमा, निकै छोटो कालो पोशाकमा गराइन् फोटो शुट !

बिग बोस सिजन १३ बाट चर्चामा आउन सफल अभिनेत्री शहनाज गिल छोटो समयमा करोडौँ मनीको मनमा बस्न सफल भएकी छिन् । यति बेला शहनाजलाई कुनै परिचयको खाँचो छैन । जब टिभी अभिनेता शिद्धार्थ शुल्काको हृदयघातको कारण निधन भएको थियो त्यस समय देखि शहनाज लगातार चर्चामा छिन् ।

सिद्धार्थको निधनपछि निकै टुटेकी शाहनाज पछिल्लो केही समय सामाजिक सञ्जालबाट टाढा भएकी थिइन् । अहिले केही समय यता शनाज सामाजिक सञ्जालमा निकै सक्रिय हुन् थालेकी छिन् । हालै अभिनेत्रीले आफ्नो इन्स्टाग्राम खातामा केही तस्वीर सार्वजनिक गरेकी छिन्, जसमा उनी कालो पोशाकमा देखिएकी छिन् र निकै सुन्दर देखिएकी छिन् ।

अहिले शहनाजले सामाजिक सञ्जाल इन्स्टाग्राममा उनको नयाँ फोटो शुटको केही तस्वीर सार्वजनिक गरेकी छिन् । शहनाजले कालो पोशाकको साथमा हल्का मेक-अप र हल्का गुलाबी लिपस्टिकको साथ आफ्नो लुक पूरा गरेकी छिन् । यति बेला शहनाजको तस्वीरमा लगातार फ्यानहरुको लाइक तथा कमेन्ट आइरहेको छ, भने कमेन्ट मार्फत फ्यानहरुले उनको सुन्दरताको निकै तारिफ गरिरहेका छन् ।

प्रकाशित : बुधबार, पुष २८, २०७८१६:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउडमा यस फिल्म मार्फत डेब्यु गर्दै विपिन कार्की