वर्षको सबै संक्रान्ति मध्ये माघे संक्रान्ति सबैभन्दा विशेष मानिन्छ । किनभने यस दिन ग्रहहरूको राजा सूर्यले राशि परिवर्तन गर्ने छन् । जब सुर्यले राशि परिवर्तन गर्छन् तब मंगलको कार्य सुरु हुने गर्दछ । यस पटक माघे संक्रान्तिमा सूर्यको दुर्लभ संयोग बनिरहेको छ । वास्तवमा यसपटक २९ वर्षपछि जनवरी १४ मा शनि र सूर्यको मिलन हुन लागेको छ ।
यस्तो अवस्थामा यस दिन केही विशेष काम गर्नाले सूर्य र शनिको विशेष कृपा मिल्छ। जसले जीवनलाई सुखमय बनाउँछ । जान्नुहोस् मकर संक्रान्तिमा के–के काम गर्नु शुभ मानिन्छ ।
सूर्योदय अघि स्नान गर्नु
मकर संक्रान्तिको दिन शास्त्रका अनुसार सूर्योदय अघि नुहाउनुपर्छ । यसो गर्नाले १० हजार गाई दान गरेर बराबरको फल प्राप्त हुने जनविश्वास छ, साथै यस दिन कुनै पनि पवित्र नदीमा स्नान गर्दा मोक्ष प्राप्त हुने मान्यता रहेको छ । यसका साथै यस दिन गंगासागरमा स्नान गर्दा पनि अपार लाभ मिल्छ। गंगामा नुहाउन नसक्दा घरमा नुहाउने पानीमा केही थोपा गंगाको पानी मिसाएर नुहाउन सक्नुहुन्छ ।
तिल र सखर दान
पद्मपुराणका अनुसार सूर्यको उत्तरायणमा गरिने कार्यले शुभ फल दिने गर्दछ । यस्तो अवस्थामा यस दिन पितृहरूलाई तर्पण र देवताको पूजा गर्दा शुभ हुन्छ। यसका साथै यस दिन कालो कम्बल, ऊनीको वस्त्र, तिल-सखर र खिचडी दान गर्नु पनि शुभ मानिन्छ। यस्ता कार्यबाट शनिदेव र भगवान सूर्यको विशेष आशीर्वाद प्राप्त हुने मान्यता रहेको छ ।
सूर्य र शनिको कृपा प्राप्त गर्न गर्नुहोस् यस्ता काम
हरेक माघे संक्रान्तिको दिन सूर्य मकर राशिमा प्रवेश गर्दछ । मकर राशिको स्वामी ग्रह शनि हो, जो सूर्य भगवानको पुत्र पनि हुन् । शनि देव छोरा भए पनि बाबु सूर्यलाई घृणा गर्छन् । त्यसैले यस्तो अवस्थामा शनिदेवको कृपा कायम रहनको लागि यस दिन तिलको सेवन गर्ने तथा दान गर्नु शुभ हुन्छ । यसबाहेक तिल र सखरबाट बनेको परिकार सेवन गर्नुपर्छ ।