कुनै पनि व्यक्तिले गरेको राम्रो, नराम्रो कर्म अनुसार फल उसले पाउने गर्दछ । गरुड पुराणमा उल्लेखित १९ हजारभन्दा बढी श्लोकलमा पुण्य र पाप कर्मको बारेमा बताइएको छ । वास्तवमा एक पटक भगवान विष्णुलाई महर्षि कश्यपका छोरा पक्षिराज गरुडले जीवहरूको मृत्यु पछिको अवस्थाको बारेमा सोधेका थिए।
भगवान विष्णुले गरुडको जिज्ञासाको समाधान गर्न भनेका कुरालाई गरुड पुराणमा उल्लेख गरिएको छ। गरुड पुराणमा भनिएको छ कि जब महिलाले दुई वटा महत्वपूर्ण काम गर्छन् भने पुरुषले हेर्नु हुँदैन । जान्नुहोस् ती के-के हुन् ?
नुहाउँदा
गरुड पुराणका अनुसार जब महिलाले बिना कपडा नुहाइरहेकी छिन्, भने पुरुषले उनलाई हेर्नु हुँदैन । यस्तो अवस्थामा पुरुषले महिलालाई देखेमा पाप लाग्ने मान्यता रहेको छ । जसको कारण उसको सबै पुण्य कर्म नष्ट हुन्छ। यति मात्र होइन, यस्ता पुरुषलाई नर्कमा कठोर सजाय हुने मान्यता रहेको छ ।
स्त*;-नपान गर्दा
हरेक आमाले आफ्नो सन्तानलाई स्तनपान गराउँछन् । बच्चा सानोमा निर्दोष र अबोध हुन्छ । यस्तो अवस्थामा बच्चालाई स्त*;न-पान गराएको अन्य मानिसले कहिले पनि हेर्नु हुँदैन। यदि कुनै पुरुषले गरुड पुराणको यो नियमलाई उल्लङ्घन गरी नराम्रो नियतले हेर्यो भने ऊ महापापमा सहभागी हुन्छ । यस्तो पापीले मरणोपरान्त नरकमा कठोर यातना भोग्नुपर्छ।