कुण्डलीमा यी ३ ग्रह कमजोर हुँदा यस्ता गम्भीर रोग लाग्ने खतरा

काठमाडौँ : कुण्डलीमा विराजमान ग्रहले मानिसको स्वास्थ्यमा पनि प्रभाव पार्छ। ग्रहको कमजोर स्थितिले रोग पनि बढाउँछ। समयमै पत्ता लगाएर केही उपाय नअपनाए अवस्था बिग्रन सक्छ। जानौँ कुन ग्रह कमजोर हुँदा कुन रोग लाग्ने सम्भावना बढ्छ त ?

सूर्य (Sun) : – ज्योतिषशास्त्रमा सूर्यलाई ग्रहहरुको राजा मानिन्छ। सूर्यलाई अग्नितत्व र मध्यम आकारको सुख्खा ग्रह मानिन्छ। कुण्डलीमा सूर्यलाई पुरुषको दायाँ र स्त्रीको बायाँ नेत्रको कारक मानिन्छ। यसको कमजोरीको कारण  व्यक्तिको दृष्टिमा प्रभाव पर्छ। यसका साथै यदि कुण्डलीमा शुभ स्थितिमा भए व्यक्तिको हड्डी बलियो हुन्छ। सूर्य कमजोर हुँदा यस्ता रोग लाग्ने खतरा बढ्छ।

क्षय पित्त नेत्र रोग हड्डी रोग हृदय रोग चर्म रोग गुप्त रोग आदि।

चन्द्रमा (Moon) : –  ज्योतिषशास्त्रमा चन्द्रमालाई मनको कारक मानिन्छ। यो एक जलतत्व र दीर्घकद वाला जलीय ग्रह हो। यसलाई आँखा, स्त*:_न, फोक्सो, मन, मस्तिष्क, आन्द्रा, मुत्राशय, रगत आदिको कारक मानिन्छ। चन्द्रमा शुभ हुँदा शरीरमा रक्तसञ्चार राम्ररी चल्छ भने चन्द्रमा कमजोर हुँदा यी रोग लाग्ने सम्भावना हुन्छ।

रुघाखोकी  मूत्र विकार मुख रोग नाकसँग सम्बन्धित रोग क्षय माइग्रेन आदि।

शुक्र (Venus) : – ज्योतिषशास्त्रमा शुक्रलाई विलासिताको कारक मानिन्छ। यो जलतत्व तथा मध्यम कदको जलीय ग्रह हो। शरीरमा यसलाई जननेद्रिय, शुक्राणु, गर्भाशय आदिको कारक मानिन्छ। शुक्र अशुभ हुँदा यी रोग लाग्ने सम्भावना बढ्छ।

मूत्र विकार वीर्य विकार गुप्त रोग विषजन्य रोग डायबिटीज फ्याट आदि.

प्रकाशित : मङ्गलबार, पुष २७, २०७८१४:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शनि आफ्नो प्रिय राशिमा प्रवेश गर्दै, यी ३ राशिले पाउनेछन् शनिको दशाबाट मुक्ति