शनि आफ्नो प्रिय राशिमा प्रवेश गर्दै, यी ३ राशिले पाउनेछन् शनिको दशाबाट मुक्ति

काठमाडौँ : गत वर्ष २०२१ मा शनिको राशि परिवर्तन भएको थिएन्। तर यो वर्ष २०२२ मा यो ग्रहले आफ्नो राशि परिवर्तन गर्नेछ। ज्योतिष शास्त्रमा शनिको गोचरलाई निकै महत्वपूर्ण मानिन्छ किनकी यसको प्रभाव सबै मानिसको जीवनमा पर्छ। यसको गति अरु ग्रहहरुको तुलनामा सबैभन्दा सुस्त हुन्छ।

यो ग्रहलाई एक राशिबाट अर्को राशिमा प्रवेश गर्न करिब अढाई वर्ष लाग्छ। २९ अप्रिल २०२२(वि.सं.२०७९ वैशाख १६ गते) मा शनिले आफ्नो राशि परिवर्तन गर्नेछ। यो गोचरले यी ३ राशिका जातकलाई दशाबाट छुटकारा दिलाउनेछ।

हाल शनि मकर राशिमा गोचर गरिरहेको छ र २९ अप्रिल २०२२ देखि कुम्भ राशिमा गोचर गर्नेछ। शनिदेवका लागि दुवै राशि विशेष मानिन्छ किनभने शनि यी राशिका स्वामी ग्रह हुन्। जसकारण यी राशिसँग सम्बन्धित जातकमाथि शनिदेवको विशेष कृपा रहनेछ।

शनिले कुम्भ राशिमा गोचर गरेसँगै मिथुन, तुला र धनु राशिका व्यक्तिहरुले शनिको दशाबाट मुक्ति पाउनेछन्। जसमध्ये मिथुन र तुला राशिका व्यक्तिहरुले शनि ढैय्याबाट छुटकारा पाउनेछन् भने धनु राशिका व्यक्तिहरुले साढेसातीबाट मुक्ति पाउनेछन्। शनि ढैय्याको अवधि अढाई वर्ष हुन्छ भने शनि साढेसातीको अवधि साढे सात वर्षको हुन्छ।

एकातिर तीन राशि शनिको दशाबाट मुक्त हुनेछन् भने अर्कोतिर तीन राशि शनिको चपेटामा पर्नेछन्। तीन राशि कर्कट, वृश्चिक र मीन राशिमा शनि ढैय्या सुरु हुनेछ भने मीन राशिमा शनिको साढे साती लाग्नेछ। यसबाहेक मकर र कुम्भ राशिमा शनि साढेसाती रहनेछ। शनिले राशि परिवर्तन गरेसँगै मकर राशिमा शनि साढे सातीको अन्तिम चरण सुरु हुनेछ र कुम्भ राशिमा भने दोस्रो चरण सुरु हुनेछ।

प्रकाशित : मङ्गलबार, पुष २७, २०७८१४:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

श्रीमान्-श्रीमती बिच दिनहुँ साना-साना कुरामा पनि झगडा हुन्छ ? यस अचुक उपायले हट्नेछ हरेक समस्या !