यी संसार प्रकृतिको नियममा चलेको छ । प्रकृतिको नियम विपरित यस धर्तीमा कुनै पनि घटना हुँदैन । निश्चित समयमा दिन र रातको अस्तित्व प्रकृतिले नै बनाएको नियम हो । सूर्य तोकिएको समयमा उदाउँछ र त्यसपछि चन्द्रमाले त्यस किरणलाई प्रकाशको मध्यमबाट पृथ्वीलाई छर्ने काम गर्छ । तर ठाउँ अनुसार दिन र रातको समय फरक हुने गर्दछ ।
पृथ्वीमा यस्ता धेरै ठाउँहरु छन् जहाँ दिन लामो र रात छोटो हुन्छ तर एउटा यस्तो देश पनि छ जहाँ कहिल्यै रात हुँदैन । रात भए पनि नामको मात्रै हुन्छ । अचम्मको कुरा यो हो कि एउटा यस्तो देश छ जहाँ सूर्य धेरै कम समयको लागि अस्ताउँछ । जसको कारण धेरै कम समय मात्र रात हुन्छ।
नर्वे विश्वको नक्सामा युरोप महादेशमा अवस्थित एउटा देश हो। यो युरोप महाद्वीप को उत्तरी भूभागमा अवस्थित छ। उत्तरी ध्रुवको सबैभन्दा नजिक भएकोले यो देशमा धेरै चिसो हुन्छ । यस देशमा हिउँले ढाकेका धेरै पहाडहरू छन् र यो स्थानमा धेरै हिमनदीहरू पाउन सकिन्छ । नर्वे यस्तो देश हो जसको बारेमा यो भनिन्छ कि यहाँ दिनको अन्त्य हुँदैन। यहाँ ४० मिनेट मात्र रात हुन्छ, बाँकी समय यहाँ घाम लागि रहन्छ ।
यहाँ सूर्य १२:४३ मा अस्ताउँछ र ४० मिनेट पछि मात्र उदाउँछ। यहाँ रात भएको डेढ घण्टापछि नै बिहानी हुन्छ । यो क्रम एक दुई दिन नभई साढे दुई महिनासम्म चलिरहन्छ । त्यसैले यो देशलाई नर्वेलाई ‘कन्ट्री अफ मिड-नाइट सन’ पनि भनिन्छ।
यो देश आके-र्टिक सर्कल अन्तर्गत पर्छ। यहाँ मे महिनादेखि जुलाईको बिचमा ७६ दिनसम्म सूर्य अस्ताउँदैन । यस्तै दृश्य हेमर-फेस्ट शहरमा देख्न सकिन्छ। यहाँ धेरै सुन्दर देखिन्छ।