एजेन्सी : आजकल भारतीय सिनेमा उद्योग ‘बलिउड’ का अभिनेत्रीहरुले कमाईको मामिलामा अभिनेताहरुलाई पनि टक्कर दिन्छन्। पहिले अभिनेता र अभिनेत्रीहरुबीचको पारिश्रमिकमा ठूलो खाडल हुने गर्थ्यो। पछिल्लो समय यसमा परिवर्तन आएको छ। अहिले अभिनेत्रीहरुले पनि एउटा फिल्मको लागि १२ देखि १३ करोड रुपैयाँसम्म पारिश्रमिक लिन्छन्। जानौँ, बलिउडका सबैभन्दा धनी अभिनेत्रीहरुका बारेमा…
• प्रियंका चोपडा जोनास(Priyanka Chopra Jonas) : –
बलिउडदेखि हलिउडसम्म आफ्नो पहिचान बनाएकी अभिनेत्री प्रियंका चोपडा भारतको सबैभन्दा धनी अभिनेत्री हुन्। प्रियंका फिल्मबाहेक फेशन ब्राण्ड, हेयर प्रोडक्ट ब्राण्ड र रेस्टोरेन्ट बिजनेसबाट मनग्यै कमाई गर्छिन्। प्रियंका एउटा बलिउड फिल्मको लागि ६ देखि १० करोड भारुसम्म पारिश्रमिक लिन्छिन्।
• करीना कपूर खान(Kareena Kapoor Khan) : –
छिट्टै लाल सिंह चड्डामा देखिने करीना कपुर खान ४१२ करोडको सम्पत्तिकी मालिक हुन्। अभिनेत्रीले हरेक फिल्मका लागि ८–१२ करोड पारिश्रमिक लिन्छिन्। फिल्म सीताका लागि करीनाले १२ करोड मागेकी थिईन्, जस कारण फिल्म उनको हातबाट फुत्कियो। फिल्म बाहेक करीना पुमा, नेटमेड्स, फूड आयल, ब्युटी प्रडक्टसको इन्डोर्समेन्ट गर्छिन्।
• दीपिका पादुकोण(Deepika Padukone) : –
बलिउडकी सबैभन्दा लोकप्रिय अभिनेत्रीमध्येकी एक दीपिका पादुकोणको कुल सम्पत्ति २२५ करोड भारु छ। उनले फिल्मको लागि १२-१४ करोड रुपैयाँसम्म पारिश्रमिक लिन्छिन्। यसबाहेक ब्राण्ड इन्डोर्समेन्टबाट पनि मोटो रकम कमाउँछिन्।
• कट्रिना कैफ(Katrina Kaif) : –
अभिनेत्री कट्रिना कैफ २२० करोड सम्पत्तिकी मालिक्नी हुन्। फिल्म र ब्राण्ड इन्डोर्समेन्ट बाहेक कट्रिनाको आयको श्रोत उनको ब्राण्ड के-ब्युटी हो। यो एक ब्युटी प्रोडक्ट ब्राण्ड हो, जुन भारतमा लोकप्रिय छ।
• ऐश्वर्या राय बच्चन(Aishwarya Rai Bachchan) : –
छिट्टै फिल्म ‘पोन्नियन सेल्वन’ मा देखिन आँटेकी ऐश्वर्या राय भारतको सबैभन्दा धनी अभिनेत्री हुन्। ऐश फिल्मको लागि ५-६ करोड भारुसम्म लिन्छिन्। थोरै फिल्महरुमा मात्र देखिने ऐश थुप्रै ब्युटी ब्राण्डको इन्डोर्समेन्ट गर्छिन्।
• काजोल(Kajol) : –
कुनै समयकी सबैभन्दा हिट अभिनेत्री काजोलको वार्षिक कमाई १२ करोड रुपैयाँ छ। उनी हरेक फिल्मको लागि ४ करोड भारु लिन्छिन्। काजोलले मुम्बईमा आफ्नो अपार्टमेन्ट पनि भाडामा दिएकी छिन्, जसबाट उनले राम्रो कमाई गर्छिन्।
• अनुष्का शर्मा(Anushka Sharma) : –
‘चक्दा एक्सप्रेस’ बाट छिट्टै अभिनयमा कमब्याक गर्न लागेकी अनुष्का शर्माको कुल सम्पत्ति २२० करोड छ। अनुष्का रजनीगन्धा पर्ल्स, रेमन्ड, निभिया जस्ता थुप्रै ब्राण्डसँग जोडिएकी छिन्। उनले यी ब्राण्डको इन्डोर्समेन्टको लागि करौडौं फिस लिन्छिन्।