मानिसले जीवनमा खुशी र शान्ति प्राप्त गर्नको लागि धेरै मिहिनेत गर्छन् । तर धेरै पटक यस्तो भइदिन्छ मानिसले जति प्रयास गरे पनि जीवनमा सफलता मिल्दैन र गरेको काम पनि बिग्रन्छ । यस्तो अवस्थामा मानिस निराश हुने गर्दछन् । यस्तो हुँदा उसलाई जीवनमा केही पाएको छैन जस्तो लाग्न थाल्छ।
यसको कारण मानिसको करियरमा पनि नराम्रो असर पर्ने हुन्छ । तर यदि कुनै व्यक्तिले आफ्नो जीवनमा कडा परिश्रम र समर्पणका साथ ज्योतिष शास्त्रमा दिएका मान्यतालाई अपमाउँछ भने उसको सबै खराब समस्याहरु स्वतः अन्त्य हुन्छन्। वास्तवमा ज्योतिष शास्त्रसँग सम्बन्धित नियमको पालना गर्नाले जीवनमा सुख-समृद्धि प्राप्त हुन्छ र सबै काममा सफलता हासिल गर्न सकिन्छ भन्ने विश्वास गरिन्छ।
आज हामी यस पोस्ट मार्फत तपाईलाई ज्योतिष शास्त्रका केही यस्ता उपायहरु बारे जानकारी गराउने छौँ। जसलाई बिहान-बिहान गर्नाले तपाईको रोकिएका सबै काम पुरा हुनेछन् । साथै जीवनमा आएका अनेक समस्याको पनि समाधान हुने मान्यता रहेको छ ।
आमा बाबुलाई अभिवादन
बिहान उठेर सबै भन्दा पहिलो कुरा आफ्नो आमाबुवालाई अभिवादन गर्नुपर्छ। वास्तवमा मातापिताको आशीर्वादले सबै खराब समयको अन्त्य हुन्छ । यसो गर्दा भगवानको कृपा पनि रहन्छ।
सूर्य देवता को नमस्कार
धार्मिक मान्यता अनुसार उदाउँदो सूर्यको पूजा गर्नु शास्त्रमा निकै फलदायी मानिएको छ । बिहान उठेर ‘ॐ सूर्याय नमः’ मन्त्रको जप गरी सूर्यदेवलाई अर्घ्य अर्पण गरी दण्डवत् गर्नुहोस् । यसो गर्नाले दिनभर सकारात्मक ऊर्जा रहन्छ । दिनभर सकारात्मकतामा बित्नेछ ।
गाई खान
ज्योतिष शास्त्रका अनुसार घरमा सधैँ पहिला पाकेको खानमा सबैभन्दा पहिले गाईले र अन्तिम कुकुरले भनिन्छ । यद्यपि अहिले यसलाई नियमित रूपमा थोरै मानिसले मात्र पालना गर्छन् । तर यदि तपाईले बिहान बनाइएको खाना पहिला गाईलाई खुवाउनुभयो भने, तपाईको जीवनमा आउने समस्या हट्नेछ र तपाईलाई सफल हुनबाट कसैले रोक्न सक्नेछैन।