यस्तो मन्दिर जहाँ जुत्ता चप्पल चढाउँदा हुन्छ हरेक मनोकामना पूरा, यस्ता छन् विशेषता !

एजेन्सी- प्राय: मानिसहरू देवी वा देवताको पूजा गर्न मन्दिर जान्छन्। यसको साथै भगवानलाई पूजा गर्नुको साथै प्रसाद रुपमा विभिन्न कुरा अर्पण गर्छन् । साथै प्रसादमा फलफूल नरिवल चढाउने गर्छन् तर यहाँ यस्तो देवीको मन्दिर पनि छ जहाँ भक्तहरूले आफ्नो मनोकामना पूरा गर्न जुत्ता र चप्पलको माला चदाउँछन् । यस देवीको मन्दिरमा किन यस्तो गर्छन् भक्तहरू र जान्नुहोस् यस मन्दिरसँग जोडिएको विशेषता के हो?

यो मन्दिर भारतको कर्नाटकको गुलबर्ज जिल्लामा लकम्मा देवीको मन्दिर छ। यस मन्दिरमा हरेक वर्ष जुत्ता महोत्सव आयोजना गरिन्छ । जसमा टाढा-टाढा गाउँका मानिसहरु माता लकम्मालाई चप्पल चढाउन आउँछन् । यो पर्वमा मुख्यतया गोला–बी नामका गाउँका बासिन्दाहरु उत्साहका साथ सहभागी हुने गर्दछन् । यो विचित्र चलनका कारण देवीको यो मन्दिर प्रख्यात रहेको बताइन्छ ।


लकम्मा देवीको मन्दिरमा हरेक वर्ष तिहारको छैठौँ दिन जुत्ता महोत्सव आयोजना गरिन्छ । मानिसहरूले आफ्नो भाकल पूरा गर्न मन्दिर परिसरमा रहेको रूखमा जुत्ता र चप्पल झुण्ड्याउँने गर्छन् । यसो गर्दा घुँडा सम्बन्धी समस्याबाट छुटकारा मिल्ने जनविश्वास रहेको छ । साथै दुष्ट शक्तिहरू जीवनबाट सधैँ टाढा रहन्छन्। यस बाहेक यस मन्दिरमा मांसाहारी र शाकाहारी परिकारहरू चढाइन्छ। अचम्मको कुरा यो छ कि हिन्दु मात्र होइन मुस्लिम समुदायका मानिसहरु पनि आफ्नो मनोकामना पुरा गर्नको लागि यस मन्दिरमा आउने गर्छन् ।

प्रकाशित : शुक्रबार, पुष २३, २०७८१७:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जिन्दगीमा गर्नुहोस् यस्ता कार्य, शत्रु पनि तपाइको सामु आएर गर्नेछन् प्रशंसा !