इण्डियन आइडल १२ का विजेता पवनदीप नेपाल आउँदै, ठमेलमा पवनदीपको कन्स-र्ट हुने !

गायन रियालिटी शो ‘इन्डियन आइडल १२’ को उपाधि जितेका पवनदीप राजन नेपाल आउने भएका छन् । आगामी माघ १ गते काठमान्डौको ठमेलस्थित एलओडी क्लबमा आयोजना हुने कन्सर्टका लागि पवन नेपाल आउन लागेका हुन् ।

चौबिसै घण्टा दिन हुने भनेर चिने ठमेलमा कोरोना महामारीपछि निकै सुन्य भएको छ । पछिल्लो समयमा कोरोना महामारी कम भएसँगै बजारको चहल-पहल बढेको छ । यस्तो अवस्थामा ठमेलको सांगीतिक माहोल तताउनको लागि एलओडी क्लबले पवनदीपलाई नेपालमा आमन्त्रित गर्न लागेको बताइएको छ ।

यस अघि पनि एलओडी क्लबमा विभिन्न विदेशी गायकले प्रस्तुति दिँदै आएका छन् । पवनदीप रियालिटी शो इन्डियन आइडल सिजन १२ को बिजेता भएकासँगै उनको चर्चा देश तथा विदेशमा हुन थालेको छ । पछिल्लो समयमा पवान दीप र शो को शोकी फर्स्ट रनर-अप अरुणिता काञ्जिलालको गायनलाई लिएर सनाजिक सञ्जालमा निकै चर्चा हुने गरेको छ ।

उनीहरु आफ्नो स्वरले मानिसलाई मोहित बनाएका छन् भने उनीहरुको केमेस्ट्रीबाट पनि मानिसहरु प्रभावित बनेका छन् । विभिन्न कार्यक्रम तथा स्टेज शो हरुमा प्राय: सधैँ दुई जना सँगै देखिन्छन् ।

प्रकाशित : शुक्रबार, पुष २३, २०७८१६:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ४ फिल्ममा राधिका आप्टेले दिएकी थिइन् सबैभन्दा बो^_:-ल्ड सिन, लिक भएको थियो स-*र्वाङ्ग ना-:_-*ङ्गो भिडियो