एजेन्सी : बलिउडकी सुन्दर अभिनेत्री उर्वशी रौटेला फिल्मभन्दा महँगो पहिरनका कारण चर्चामा रहन्छिन्। हालै उनले आफ्नो इन्स्टाग्राममा केही तस्बिरहरु पोस्ट गरेकी छिन्। ती तस्बिरहरुमा उनले लगाएको पहिरनको मूल्य थाहा पाउनुभएमा पक्कै तपाई छक्क पर्नुहुनेछ। उक्त ड्रेस कुनै भारतीय डिजाइनरले तयार पारेका नभई अन्तर्राष्ट्रिय ख्यातिप्राप्त डिजाइनरले डिजाइन गरेका हुन्।
यो महँगो पहिरनमा उर्वशीलाई झनै राम्री देखिएको छ। उनका सबै तस्बिरहरु हेरिरहुँ जस्ता छन्। उनको फेशन सेन्सको सबैले तारिफ गर्छन्। यो ड्रेस अन्तर्राष्ट्रिय डिजाइनर माइकल सिन्कोले तयार पारेका हुन्।
उर्वशीको यो ग्लामरस लुक देखेर फ्यान्स मदहोश बनेका छन्। अरमानीको शोको लागि उनले ड्रेस लगाएकी थिईन्। उर्वशी र्याम्पमा उत्रिदा सबैको ध्यान उनले खिचेकी थिईन्।
यो आउटफिटको मूल्य १५ लाख(२४ लाख) भारु हो। उर्वशीले यत्ति महँगो ड्रेस लगाएको यो पहिलोपटक हैन। उनले यो भन्दा बढी महँगो ड्रेस पनि लगाईसकिन्।
मिस युनिभर्स २०२१ मा जजको रुपमा सहभागी हुँदा उर्वशीले लगाएको ड्रेसले राम्रै चर्चा पाएको थियो। त्यतिबेला उनले निकै महँगो ड्रेस लगाएकी थिईन्।
मिस युनिभर्स २०२१ को कार्यक्रममा उर्वशीले ४० लाख भारुको ड्रेस लगाएकी थिईन्, जुन माइकल सिन्कोले डिजाइन गरेका थिए।
वर्कफ्रन्टको कुरा गर्ने हो भने उर्वशी ठुलो बजेटको साइन्स फिक्सन फिल्मबाट तमिल फिल्म इन्डस्ट्रीमा डेब्यु गर्दैछिन्। जुन फिल्ममा उनी माइक्रोबायोलोजिस्ट र एक आईआईटीयनको भूमिका निभाउनेछिन्।
त्यसपछि उर्वशी एक थ्रिलर फिल्ममा देखिनेछिन्। ‘ब्ल्याक रोज’ सँगै उर्वशी राउटेलाले हालै ‘थिरुतु पायल २’ को हिन्दी रिमेकमा काम गर्ने घोषणा गरेकी छिन्।