सानै उमेरबाट करोडौँ मानिसको मन मुटुमा बस्न सफल डान्सर तेरिया मगर अहिले सबैमाझ चर्चामा छिन् । उनले भारतको एक चर्चित डान्स रियालिटी शोबाट चर्चा कमाउन सफल भएकी हुन् । तेरियाको घर रुपन्देही रुद्रपुर हो, डान्स प्रतिभाको कारण भारतको चर्चित शो ‘डान्स इन्डिया डान्स’ मा प्रथम स्थान हासिल गर्न सफल तेरिया अहिले विश्व सामु परिचित छिन् ।
त्यसपछि भारतकै कलर्स टेलिभिजनबाट प्रशारण हुने रियालिटि शो ‘झलक दिख लाजा’ सिजन ९ को बिजेता पनि भएकी थिइन् । तेरियाको वास्तविक नाम ‘तेरिया फौजा मगर’ हो । तेरियाले जुन समयमा डान्स रियालिटी शो जितेको थिइन त्यसबेला देखि उनी देश तथा विदेशहरुमा कार्यक्रमको लागि हिँड्ने गरेको छिन् । सानै उमेरमा ठुलो सफलता हासिल गर्न सफल तेरिया अहिले उमेरमा १८ वर्ष पुगिसकिन्।
तेरिया पछिल्लो समयमा आएर डान्ससंगै गायनमा पनि चासो देखाउन लागेकी छिन् ।हाल तेरिया सामाजिक सञ्जालको बिभिन्न माध्यममा सक्रिय छिन् । उनलाई टिकटक देखि इन्स्टाग्राममा धेरैले फलो गरेका छन् । केही समय यता तेरिया सामाजिक सञ्जाल इन्स्टाग्राममा निकै सक्रिय भएको छिन्।
कुनै समयमा डान्स रियालिटी शोमा देखिएकी तेरिया अहिले जवान भएको छिन् । साथै उनले सोशल मिडियामा पोस्ट गरेका तस्बिरमा पनि देख्न सकिन्छ । उनी सुन्दरको साथै जवान भएको कारण उनको फ्यानहरुलाई कौतुहलता भएको छ । हेरौँ पछिल्लो समय तेरियाले उनको सोशल मिडियामा पोस्ट गरेका केहि तस्बिरहरु
तस्वीर स्रोत: तेरिया मगर इन्स्टाग्राम