एजेन्सी : सन् २०२२ सुरु भईसकेको छ। योसँगै बलिउड इन्डस्ट्रीका प्रतिभाशाली व्यक्तिहरुका शक्ति प्रदर्शन हेर्न र उनीहरुका चार्म हेर्नको लागि फ्यान्स व्यग्रताको साथ प्रतीक्षामा छन्। कोरोना भाइरसको बढ्दो केसको कारण अहिले फिल्मको रिलिज स्थगित गरिएको छ। तर बलिउडका पाँच सबैभन्दा लोकप्रिय अभिनेताहरु रङ्गी-बिरङ्गी फिल्महरु लिएर आउँदैछन्। विक्की कौशल, वरुण धवन, रणवीर कपूर, रणवीर सिंह र आदित्य रोय कपुरको आउँदो फिल्महरू हेरौँ न त।
१. विक्की कौशल
‘उरी – द सर्जिकल स्ट्राइक’ मा आफ्नो भूमिकाबाट विक्कीले राम्रो फ्यान फलोइङ बनाएका छन्। ‘सरदार ऊधम’ मा अभिनयपछि उनलाई सन् २०२२ मा ‘स्याम बहादुर’ मा देख्न पाउनु रोचक हुनेछ।
२. वरुण धवन
वरुण धवन आफ्नो शार्प लुक, मजाकिलो स्वभाव र कि*:_-लर डान्सको मिश्रणको लागि निकै रुचाइने गरिन्छ। उनले ‘कुली नम्बर १’ मार्फत ओटिटीमा धमाका मच्चाएका थिए। अब उनी ‘भेडिया’ र ‘जग जग जियो’ मा देखिनेछन्।
३. आदित्य रोय कपूर
आदित्य रोय कपूर सन् २०२२ मा ओम, थडमको रिमेक र द नाइट म्यानेजरको हिन्दी रूपान्तरणमा देखिनेछन्।
४. रणवीर कपूर
रणवीर कपूरका फ्यान्सहरुका लागि सन् २०२२ धमाकेदार वर्ष हुनेछ किनकी रणवीर तीन वर्षपछि ब्रह्मास्त्र र शमशेरा लिएर पुनरागमन गर्दैछन्।
५. रणवीर सिंह
पछिल्लो केहीवर्षको दौडधुपपछि रणवीरले आफ्नै दममा बलिउडमा बलियो पकड बनाएका छन्। यो वर्ष उनी जयेशभाई जोरदार र सर्कसमा देखिनेछन्।