जिन्दगीमा गर्नुहोस् यस्ता कार्य, शत्रु पनि तपाइको सामु आएर गर्नेछन् प्रशंसा !

हरेक मानिस जिन्दगीमा नाम, पैसा ट प्रतिष्ठा कमाउन चाहन्छ । यी सबै कुरा एक योग, असल र मेहनती मानिसले मात्र पाउन सक्छ । भनिन्छ भाग्यले पाएको चिज जिन्दगीमा धेरै दिन टिक्दैन । आचार्य चाणक्यले चाणक्य नीतिमा यस्ता ३ कुराको उल्लेख गरेका छन्, जुन व्यक्तिले पाएमा अपार सम्मान मात्रै मिल्नुको साथै शत्रु पनि उनको प्रशंसा गर्न बाध्य हुन्छन् । यसका साथै यस्ता व्यक्तिलाई धन र सफलता पनि मिल्छ ।

आचार्य चाणक्य भन्छन् कि यदि कुनै व्यक्तिसँग केही खास चीजहरू हुन्छ भने त्यस्ता मानिसको शत्रु पनि उसको प्रशंसा गर्न बाध्य हुन्छ। आचार्य चाणक्यको अनुसार जीवनको उचाइमा पुग्न मानिसमा ३ वटा कुरा हुनुपर्छ ।

ज्ञान वान हुनुहोस्- एक बुद्धिमानी र ज्ञानी मानिसको सम्मान हरेक स्थानमा हुने गर्दछ । त्यसैले उमेरको हरेक चरणमा सकेसम्म धेरै ज्ञान प्राप्त गर्ने प्रयास गर्नुहोस् र अरूलाई पनि बाँड्नुहोस्। यसो गर्दा शत्रुको नजरमा पनि इज्जत बढ्नेछ।

संस्कारी बन्नुहोस्- यदि व्यक्ति इमानदार र संस्कारी छ भने उसमाथि गलत आरोप लगाउन सम्भव हुँदैन । यस्तो अवस्थामा शत्रुले हर सम्भव प्रयास गरे पनि तपाईको छविलाई खराब गर्न सक्दैन ।

दक्ष बन्नु : यस्ता व्यक्ति जो कुनै न कुनै काममा निपुण हुन्छन् । उनीहरूलाई सधैँ सम्मान र धन मिल्छ। यस्ता व्यक्तिको सीपले शत्रुलाई पनि उसको प्रशंसा गर्न बाध्य बनाउँछ।

प्रकाशित : शुक्रबार, पुष २३, २०७८१७:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

५ दिनपछि ग्रह-नक्षत्रमा परिवर्तन हुँदै, यी ४ राशिलाई बनाउनेछ मालामाल