५ दिनपछि ग्रह-नक्षत्रमा परिवर्तन हुँदै, यी ४ राशिलाई बनाउनेछ मालामाल

काठमाडौँ : ज्योतिषशास्त्रमा ग्रहहरुका उदय र अस्तले विशेष महत्व राख्छ। भौतिक सुख-सुविधा, ऐश्वर्य र विलासी जीवनको कारक शुक्र ग्रह पुष २० गते(जनवरी ४ तारिख) अस्ताएको छ। यतिबेला शुकरा धनु राशिमा वक्री अवस्थामा छ। शुक्रको उदय पुष ३० गते(१४ जनवरी) मा बिहान ५ बजेर १४ मिनेटमा हुनेछ। शुक्रको उदयको प्रभाव सबै राशिमा पर्नेछ। तर ४ राशिमा यसले सकारात्मक प्रभाव पार्नेछ। शुक्र ग्रह उदाउँदा कुन राशिका जातकलाई लाभ हुन्छ त, हेर्नुहोस्।

• मिथुन राशि  – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

शुक्र ग्रह पुष ३० गते उदाउँदा मिथुन राशिका जातकलाई अत्यधिक लाभ मिल्नेछ। जागिरमा बढुवा हुन् सक्छ। कार्यस्थलमा कडा मिहिनेतले राम्रो लाभ मिल्नेछ। तलब वृद्धिको शुभ समाचार पनि आउनेछ। व्यापार गर्नेहरूका लागि शुक्रको उदय लाभदायी साबित हुनेछ। आम्दानीमा वृद्धि हुनुका साथै ठूला ठेक्का पाउनुहुनेछ ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

शुक्र ग्रहको उदयले विलासी जीवनमा चार चाँद लाग्नेछ। कार्यस्थलमा कडा मेहनत गर्नुहुनेछ, जसले गर्दा तलब बढ्नेछ। साथै कार्यस्थलमा उच्च अधिकारीहरुको साथ र सहयोग पाउनुहुनेछ। व्यवसायी ऋणको बोझबाट मुक्त हुनेछन्। भविष्यको लागि धन सञ्चित गर्नुहुनेछ। दैनिक आय वृद्धि हुने सम्भावना छ। नयाँ व्यापार शुरु गर्नेहरुका लागि शुक्रको उदय शुभ रहनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

शुक्रको उदयसँगै नयाँ कामको अवसर पाउनुहुनेछ। जागिर फेर्ने विचार गरेकाहरुका लागि शुक्रको उदय शुभ साबित हुनेछ। सरकारी कर्मचारीको सरुवाको योग देखिन्छ। आर्थिक लक्ष्य सजिलै हासिल गर्नुहुनेछ। आफ्नै व्यवसाय गरिरहेकाहरुका लागि शुक्रको उदय लाभदायक हुनेछ। व्यापारमा मनग्यै लाभ हुनेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

कुम्भ राशिका जातकका लागि शुक्रको उदय शुभ रहनेछ। काममा ठूलो सफलता पाउनुहुनेछ। साथै बिजनेसमा आर्थिक लाभको भरपूर अवसर पाउनुहुनेछ। रोजगारी खोज्नेहरूका लागि पनि शुक्रको उदय निकै लाभदायक साबित हुनेछ। कुनै राम्रो ठाउँबाट तपाईलाई बोलावट आउँछ। समग्रमा शुक्र उदय कुम्भ राशिका व्यक्तिहरुका लागि लाभदायी साबित हुनेछ।

प्रकाशित : शनिबार, पुष २४, २०७८१४:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

माघे संक्रान्तिमा अवश्यै दान गर्नुहोस् यी १० चीज, कहिल्यै हुँदैन धनको कमी