यस रत्नको धारणले हुने छैन कुनै चिन्ता, सूर्य जस्तै चम्किन्छ भाग्य !

अहिलेको समयमा मानिसहरु कुनै न कुनै विषयमा चिन्तित हुने गर्दछन् । मानिसहरु धार्मिक मान्यता अनुसार जीवनमा आएका समयाबाट छुट्कारा पाउनको लागि ज्योतिषी वा हस्तरेखाविद्को सल्लाह लिन्छन्। धेरै पटक ज्योतिषीहरूले रत्न लगाउन सल्लाह दिने गर्छन् तर रत्न बहुमूल्य हुन्छन् त्यसैले यसको स्थानमा उपरत्न लगाउनु उचित हुन्छ।

सूर्यको उपरत्नको रुपमा गार्नेट धारण गर्न सल्लाह दिइन्छ । जान्नुहोस् यो रत्न धारण गर्नुका फाइदाहरू र यसलाई कसरी लगाउनु पर्छ ?

गार्नेट रत्न फाइदाहरु

रत्न शास्त्रमा सूर्यको लागि मणिक्य बाहेक गार्नेट पनि एक प्रभावशाली रत्न हो। यसलाई रक्तमणि वा ताम्राको अन्य नामले पनि चिनिन्छ। यो रत्न देख्नमा गाढा रातो छ। सूर्य ग्रहको अशुभ प्रभाव हटाउन गार्नेट रत्नको धारण गरिन्छ । यसबाहेक यस रत्नको धारण गर्नाले यसको प्रभावले रोगहरू निको हुन्छन्। साथै शरीरमा सकारात्मक ऊर्जा प्राप्त हुन्छ। गार्नेट लगाउनाले व्यक्तिको आत्मविश्वास बलियो हुन्छ। यस रत्नलाई मानसिक चिन्ता हटाउन पनि उपयोगी मानिन्छ।

ज्योतिषशास्त्रका अनुसार जसको कुण्डलीमा सूर्य कमजोर वा कमजोर राशिमा छ र कमजोर अवस्थामा छ भने यस रत्नको धारण गर्नुपर्छ। यसको प्रभावले सूर्य बलवान हुन्छ । जसले गर्दा काममा आउने समस्या समाधान हुन्छ । यस रत्नलाई तामाको तथा सुनको औँठी राखेर साइली औलामा लगाउन सकिन्छ ।

यसरी रत्न राखेर बनाएको औँठीलाई जुनसुकै महिनाको शुक्ल पक्षको आइतबार बिहान धारण गर्नु शुभ हुनेछ । यस औँठीलाई धारण गर्नु भन्दा पहिले काँचो गाईको दूध र गंगाजलले शुद्ध गरी धारण गर्नु शुभ मानिन्छ।

प्रकाशित : बुधबार, पुष २१, २०७८१२:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२ राशिले हात-गोडामा कहिल्यै नबाध्नुस् कालो धागो, हुनेछ ठूलो नोक्सान