२ राशिले हात-गोडामा कहिल्यै नबाध्नुस् कालो धागो, हुनेछ ठूलो नोक्सान

काठमाडौँ : मानिसले आफ्नो नाडी वा खुट्टामा कालो धागो बाँध्छन्। कतिपयले यसलाई राम्रो देखिनका लागि लगाउँछन् भने कतिपयले नराम्रो नजर वा जादुबाट बच्न प्रयोग गर्छन्। कालो रङले नराम्रो नजर वा दुष्ट शक्तिबाट जोगाउने ज्योतिषीहरुको विश्वास छ । कसैले नराम्रो नजरले हेर्दा त्यसलाई हटाउन कालो टिका वा कालो रंगको प्रयोग गर्नु राम्रो मानिन्छ ।

साथै मान्यता रहेको छ, कालो धागोले नराम्रो नजरले हेर्नेहरूको ध्यान भंग गर्ने विश्वास छ। जसका कारण कालो रङले मानिस नराम्रो प्रभावबाट बचाउने मान्यता रहेको छ । तर सबैले कालो धागो लगाउनु शुभ पनि हुँदैन । ज्योतिष शास्त्रका अनुसार दुई राशिका व्यक्तिले कालो धागो लगाउनु हुँदैन । कुन-कुन जान्नुहोस् ।

मेष राशि

ज्योतिष शास्त्रका अनुसार मेष राशिको स्वामी मंगल हो । मङ्गल देवलाई कालो रङ मन पर्दैन । यस्तो अवस्थामा यदि मेष राशिका मानिसले कालो धागो बाँधेमा भने जीवनमा विभिन्न समस्या आउन सक्छ । साथै कालो रङको प्रयोगले मनमा अशान्ति हुनु, विना कारण रिसाउनु जस्ता समस्याको सामना गर्नुपर्ने हुन्छ । त्यसैले मेष राशिका व्यक्तिले कालो धागो नलगाउनु अशुभ मानिन्छ त्यसतै मेष राशिका मानिसले रातो रङको प्रयोग शुभ मानिन्छ ।

वृश्चिक राशि

वृश्चिक राशिको स्वामी ग्रह मंगल हो । कालो रङको प्रयोग यस राशिको लागि पनि अशुभ मानिन्छ । ज्योतिष शास्त्रका अनुसार वृश्चिक राशिका व्यक्तिले कालो धागो धारण गरेमा मंगलदेव क्रोधित हुन्छन् । जसको प्रत्यक्ष असर जनजीवनमा पर्ने हुन्छ । यस्तो अवस्थामा वृश्चिक राशिका व्यक्तिले पनि कालो रंगबाट टाढा रहनु नै शुभ हुन्छ । वास्तवमा कालो धागो बाँध्दा मंगलको शुभ प्रभाव अन्त्य हुन्छ । जसका कारण जीवनमा आर्थिक समस्या आउन थाल्छ । वृश्चिक राशिका व्यक्तिले रातो रङको धागो लगाउनु शुभ मानिन्छ ।

प्रकाशित : बुधबार, पुष २१, २०७८१३:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दुख र कष्टबाट मुक्ति पाउन अत्यन्तै शुभ हुने भोलिको दिन, यस्ता कार्यले पुरा हुनेछ हरेक मनोकामना !