मेडिसिन अध्ययनपश्चात मोडेलिङ गर्न लागिन् सचिन तेन्दुलकरकी छोरी सारा, हेर्नुस् लोभलाग्दा तस्बिरहरु

एजेन्सी : भारतीय भुतपूर्व क्रिकेटर तथा कप्तान सचिन तेन्दुलकर(Sachin Tendulkar) की छोरी सारा तेन्दुलकर(Sara Tendulkar) सबैभन्दा लोकप्रिय स्टारकिड्स मध्ये एक हुन्। स्टारकिड्स नेटिजन्समाझ निकै लोकप्रिय छन्, जसलाई सामाजिक सञ्जालमा धेरैले फलो गर्ने गर्छन्। स्टार किड साराले आफ्नी आमाजस्तै मेडिसिन अध्ययन गरेकी छिन् र अहिले मोडेलिङ गरिरहेकी छिन्।

सारा तेन्दुलकर महान क्रिकेटर सचिन तेन्दुलकर र उनकी पत्नी अञ्जली तेन्दुलकरकी छोरी हुन्। उनी क्रिकेटर अर्जुन तेन्दुलकरकी दिदी हुन्। पछिल्लो समय सामाजिक सञ्जालमा नेटिजन्समाझ उनको लोकप्रियता ह्वात्तै बढेको छ।

सारा तेन्दुलकरको राम्रो फ्यान फलोइङ छ, फ्यान्स उनको हरेक पोस्ट व्यग्रताको साथ प्रतीक्षा गरिरहेका हुन्छन्। इन्स्टाग्राममा साराका लाखौँ फलोअर्स छन्।

साराले इन्स्टाग्राममा आफ्नो तस्बिरहरु शेयर गर्नेबित्तिकै इन्टरनेटमा ती तस्बिरहरु छाइरहन्छ। उनको लेटेस्ट फोटोजले फ्यान्सलाई दीवाना बनाउने गर्छन्।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार सारा तेन्दुलकर मुम्बईको धीरुभाई अम्बानी इन्टरनेशनल स्कूलमा पढाइ सकेपछि मेडिसिन अध्ययन गर्न लन्डन गएकी थिईन्।

सारा तेन्दुलकर क्रिकेटर शुभमन गिलसँग डेट गरिरहेकी छिन्। इन्टरनेटमा सारा र शुभमन सम्बन्धमा रहेको प्रष्टै देख्न सकिन्छ तर दुवैले यसबारे खुलेर प्रमाणित गरेका छैनन्।


साराले एक क्लिदिङ ब्राण्डबाट आफ्नो मोडेलिङ करियर सुरुवात गरेकी हुन्।

साराले अभिनेत्री बनिता सन्धु र अहान शेट्टीकी रूमर्ड गर्लफ्रेन्ड तानिया श्रफसँग मोडेलिङतर्फ कदम बढाएकी हुन्।

सञ्चारमाध्यमहरुका अनुसार सचिन तेन्दुलकरले सहारा कपमा भारतको शानदार जितपछि आफ्नी छोरीको नाम सारा राखेका थिए।

प्रकाशित : मङ्गलबार, पुष २०, २०७८२२:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउडमा अल्लु अर्जुनको प्रवेश ? यस्ता छन् सर्त !