बलिउडमा अल्लु अर्जुनको प्रवेश ? यस्ता छन् सर्त !

दक्षिण सिनेमा क्षेत्रमा आफ्नो उत्कृष्ट अभिनयको कारण चर्चित अभिनेता अल्लु अर्जुन अहिलेको समयमा बलिउडमा प्रवेश गर्ने समाचारले निकै चर्चा पाएको छ । साथै अभिनेता आलु अर्जुनले आफू बलिउडमा प्रवेश गर्ने विषयमा खुलासा गरेका छन् । पछिल्लो समयमा धेरै बलिउड फिल्मबाट उनलाई अफर आएको पनि बताएका छन्।

साउथ फिल्म इन्डस्ट्रीका सुपरस्टार अल्लु अर्जुनले धेरै हिट फिल्म दिएर फ्यानलाई आफूप्रति मोहित बनाएका छन् । उनका फिल्महरू साउथमा मात्र हिट भएका छैनन् । उनका फिल्महरू हिन्दी भाषामा पनि निकै हिट भएका छन् । सायद यही कारणले गर्दा उनले बलिउड स्टारलाई प्रतिस्पर्धा दिइरहेका छन् ।

केही समयअघि हिन्दी भाषामा उनको फिल्म ‘पुष्पाः द राइज’ रिलिज भएको थियो । फिल्मको हिन्दी संस्करणले बक्स अफिसमा धेरै कमाई गर्‍यो र रेकर्ड पनि तोड्यो। यसबाट उनको फ्यान दक्षिणमा मात्रै नभई भारतभर लगयत देश तथा विदेशमा पनि रहेको बुझ्न सकिन्छ । यस्तो अवस्थामा अल्लु अर्जुनले एक अन्तर्वार्ताको क्रममा बलिउडमा डेब्यु गर्ने विषयमा बताएका छन् ।

अहिलेको अवस्थामा बलिउड फिल्म निर्माता अल्लु अर्जुनसँग काम गर्न चाहन्छन् । तर अल्लु अर्जुन अहिले बलिउडमा आउने सोचमा नरहेको बताएका छन् । साथै अभिनेताले भनेका छन् म हिन्दी फिल्ममा काम गर्न तयार छु तर राम्रो कथा हुनुपर्छ।” उनले थप भने, ‘कसैलाई मसँग काम गर्न  मन छ भने यस्तै अफर लिएर आउनुस् जसमा नायक तथा मुख्य भूमिकामा हुनेछु। यस बाहेक मलाई अरु कुनै भूमिकामा रुचि छैन ।

प्रकाशित : बुधबार, पुष २१, २०७८११:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रकुल प्रीत सिंहले यस्तो तस्वीर सार्वजनिक गरेर फ्यानहरुलाई बनाइन् मोहित, तस्वीर भाइरल हुँदै !