पछिल्लो केही दिनमा अभिनेत्री वर्षाले आफ्नो सामाजिक सञ्जालबाट उनको पति तथा कलाकार सञ्जोग कोइरालाको तस्वीर हटेएकी छिन् । अहिले वर्षाको सामाजिक सञ्जालमा कुनै कम्पनिको विज्ञापन बाहेकका सञ्जोगका अन्य तस्वीर क्रमश; हटेका छन् ।
विभिन्न म्युजिक भिडियो हुँदै नेपाली फिल्म ‘नाई नभन्नु ल ४’ बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री वर्षा राउत पछिल्लो केही समय देखि कुनै पनि फिल्ममा देखिएकी छैनन् । केही समय पहिले वर्षा अभिनित फिल्म ‘जात्रै जात्रा’ ले राम्रो प्रदर्शन गर्न सफल भएको थियो । साथै फिल्ममा वर्षाको अभिनयको निकै तारिफ भएको थियो ।
कोरोनाको कारण बन्द भएको चलचित्र क्षेत्र अहिले केही चलायमान भएसँगै अभिनेत्री वर्षा पुन: अभिनय क्षेत्रमा व्यस्त भएकी छिन् भने उनको पति सञ्जोग आफ्नी व्यवसायमा व्यस्त छन् । यस भन्दा पहिले वर्षाको सामाजिक सञ्जाल खाता हरुमा वर्षा र सञ्जोगको थुप्रै तस्वीर थिए तर अहिले वर्षाको मात्र देख्न सकिन्छ ।
अहिले वर्षाको सामाजिक सञ्जालबाट अचानक पति सञ्जोगको तस्वीर हट्दा कतै उनीहरुको सम्बन्धमा चिसोपना आएको हो कि भन्ने अनुमान अभिनेत्रीका फ्यान हरुले लगाएका छन् । तर सञ्जोगको सामाजिक सञ्जालबाट भने वर्षाको कुनै पनि तस्वीर हटेका छैनन् ।