एजेन्सी : शनिबारबाटै नववर्ष सन् २०२२ सुरु भईसकेको छ। संसारभरका मानिसले नयाँ वर्षको उत्सव मनाईसकेका छन्। कोरोनाले नववर्षको उत्सवलाई केही खल्लो बनाएपनि मानिसहरुले आ-आफ्नै तरिकाले नयाँ वर्षलाई स्वागत गरे। अभिनेत्री तथा गायिका माइली साइरस(Miley Cyrus) २०२२ को विशेष अवसरमा प्रस्तुति दिँदै थिइन्। यहीँ क्रममा उनी वार्डरोब मालफंक्सनको शिकार भईन्। तर, माइलीले बुद्धिमानीपूर्वक परिस्थिति सम्हालिन् र प्रस्तुति दिन् छाडिनन्।
एनबीसीको नयाँ वर्ष विशेष कार्यक्रममा माइली स्टेजमा प्रस्तुति दिईरहेकी थिईन्। प्रोग्रामको नाम ‘माइली न्यु ईयर इभ पार्टी’ थियो। त्यतिबेला माइली सिल्वर कलरको ड्रेसमा प्रस्तुति दिईरहेकी थिईन्। उनलाई यस ड्रेसमा अचम्मै राम्री देखिएको थियो। उनको प्रस्तुतिबाट फ्यान्स आनन्द उठाईरहेका थिए। यहीँ क्रममा माइली अचानक वार्डरोब मालफंक्सनको शिकार हुन् पुगिन्। उनले हत्तपत्त आफ्नो ड्रेसलाई एउटा हातले सम्हालिन् र अर्को हातले माइक समातेर गाइरहिन्।
माइलीको यो प्रस्तुतिको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भईरहेको छ। भिडियोलाई फ्यान्सले निकै चाख लगाएर हेरिरहेका छन्। यस्तो घटनापछि पनि काइलीले अलिकति पनि आत्मविश्वास गुमाइनन्। भिडियोमा उनले उक्त घटनापछि पनि पूर्ण आत्मविश्वासको साथ प्रस्तुति दिईरहेको देख्न सक्नुहुन्छ। काइलीको यो आत्मविश्वासलाई मानिसहरुले खुलेर तारिफ गरिरहेका छन्।
करिब १ मिनेट ४८ सेकेन्ड्सको यो भिडियोमा काइली सुरुमा सिल्वर कलरको आउटफिटमा देखिएकी छिन्। त्यसपछि उनी वार्डरोब मालफंक्सनको शिकार हुन्छिन् र ब्याक स्टेज जान्छिन्। ब्याक स्टेज नपुगुन्जेल उनी गीत गाइरहन्छिन् र केहीबेर ब्याकग्राउण्ड सिङ्गर्सले माहोल सम्हाल्छन्। उनी रेड कलरको ब्लेजरमा फेरि देखा पर्छिन्।
भिडियो यहाँ हेर्नुहोस् : –
Miley Cyrus began 2022 with a wardrobe malfunction. #MileysNewYearsEveParty pic.twitter.com/D3BF4JNA0X
— Dave Quinn (@NineDaves) January 1, 2022