अहिलेको समयमा बलिउडका विभिन्न स्टारको बाल्यकालको तस्बिर भाइरल भइरहेको छ । अहिले मानिसहरु आफूलाई मन पर्ने स्टारको बाल्यकालको तस्बिर सार्वजनिक हुँदा लगातार लाइक, कमेन्ट तथा सेयर गरिरहेका छन् । साथै केही मानिसलाई अहिले बलिउड स्टारको तस्बिर सार्वजनिक हुँदा उनीहरुको नाम थाहा पाउन निकै मुस्किल भएको छ ।
केही दिन पहिले शाहिद कपुर, सलमान खान, शाहरुख खान, आमिर खानका बाल्यकालका तस्बिरहरु सार्वजनिक भएका छन् । अब यो सूचीमा बलिउडको चर्चित अभिनेत्रीको नाम थपिएको छ । तस्बिर मात्र देखेर तपाई हरुलाई अभिनेत्रीको नाम अनुमान लगाउन सक्नुहुने छैन । यस पोस्ट मार्फत यस अभिनेत्रीको बारेमा बताउने छौँ । जसले आजको समयमा अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो नाम कमाएकी छिन्।
अहिले एक तस्बिर भाइरल भएको छ भाइरल तस्बिरमा एक बच्ची आफ्नी आमासँग केक काट्दै गरेको देख्न सकिन्छ । तस्बिरमा केक काटिरहेकी बच्ची विश्वो सुन्दरी हुन् । तस्बिरमा देखिएकी केक काटिरहेकी बच्ची मिस वर्ल्ड ऐश्वर्या राई बच्चन हुन् । तस्बिरमा अभिनेत्री ऐश्वर्या आफ्नी आमा वृन्दा रायसँग देखिएकी छिन् ।
ऐश्वर्या राईलाई बलिउडकी सफल अभिनेत्री मानिन्छ । ऐश्वर्या रायको विवाह बलिउडका महानायक अमिताभ बच्चनका छोरा अभिनेता अभिषेक बच्चनसँग भएको हो अभिषेक र ऐश्वर्याको एक छोरी छिन् उनको नाम आराध्या बच्चन हो । ऐश्वर्या प्रायः छोरीसँगको तस्बिर सामाजिक सञ्जालमा सेयर गरिरहन्छिन् ।