मङ्गलबार शुक्र अस्ताउँदै, १० दिन होशियार रहनुस् यी ९ राशिका जातक

काठमाडौँ : बृहस्पतिद्वारा शासित धनु राशिमा पौष २० गते(४ जनवरी २०२२) बिहान ७ बजेर २९ मिनेटमा शुक्र अस्तको अवधि सुरु हुनेछ। शुक्र १० दिन अर्थात् पौष ३० गते(जनवरी १४) बिहान ५ बजेर १४ मिनेटसम्म रहनेछ। शुक्र धनु राशिमा अस्ताएर सूर्यको नजिक पुग्ने भएकोले प्रेमी-प्रेमिकाको जीवनमा उथल-पुथल आउनुका साथै वैवाहिक बन्धनमा बाँधिन आदि जस्ता शुभ कार्यको लागि यो अवधि अनुकूल रहने छैन।

साथै, शुक्रको यो अवस्थाले सबै १२ वटै राशिहरुका मानिसहरुलाई प्रभाव पार्नेछ। ज्योतिष शास्त्रमा यस अवस्थामा मानिसहरुलाई सतर्क रहनु सल्लाह दिईन्छ। शक्तिविहीन शुक्रले तपाईको राशिमा कस्तो प्रभाव पार्ला त, हेर्नुहोस्।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

करियरको सन्दर्भमा कार्यस्थलमा कामको दबाब रहनेछ र तपाईले आफ्नो उच्च अधिकारीबाट उचित प्रशंसा पाउनुहुनेछैन, जसका कारण तपाई धेरै असन्तुष्ट देखिनुहुनेछ। त्यस्तै साझेदारमा व्यापार गरिरहेका पार्टनरहरुबीच केही समस्या आउन सक्छ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

यस अवधिमा आफ्नो वरिष्ठ अधिकारीसँगको सम्बन्धले तपाईलाई समस्यामा पार्न सक्छ। व्यापार-व्यवसाय गरिरहेका व्यक्तिहरुका लागि पनि परिस्थिति प्रतिकूल रहनेछ।

• मिथुन राशि  – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

शुक्रको प्रभावले काममा उच्च अधिकारी र सहकर्मीबाट प्रशंसा पाउने योग छ। व्यापारमा संलग्न व्यक्तिले राम्रो मुनाफा पाउनेछन् र आफ्नो व्यापार विस्तार गर्नको लागि समय उचित रहेको छ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

जागिरेहरुका लागि यो अवधि पीडादायी साबित हुनेछ। कार्यस्थलमा तपाईको बोस या वरिष्ठ अधिकारीसँगको वादविवादले तपाईलाई अप्ठ्यारोमा पार्न सक्छ। यदि तपाई व्यवसाय गर्नुहुन्छ भने तपाईले राम्रो मुनाफा हासिल गर्नुहुनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

जागिरको सिलसिलामा अनपेक्षित यात्रा या सरुवा हुन सक्छ। आफ्नो लक्ष्य प्राप्तिमा तपाईले केही बाधा महसुस गर्नुहुनेछ्ह।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

कार्यस्थलमा तपाईले आफ्नो काममा राम्रो प्रदर्शन गर्नुहुनेछ र यसले तपाईको कडा परिश्रमलाई सही गति दिनेछ। कार्यस्थलमा आफ्नो वरिष्ठ अधिकारी र सहकर्मीबाट सहयोग प्राप्त भए बढुवा हुन् सक्छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

यस समयमा जागिर गर्नेहरुमाथि अतिरिक्त दबाब रहनेछ र उक्त दबाब नै तपाईका लागि ठूलो चिन्ताको कारण बन्नेछ। यदि तपाई व्यवसाय गर्नुहुन्छ भने यो समय तपाईको लागि उच्च लाभ हुने योग छैन।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

तपाई कार्यक्षेत्रमा आफ्नो काम पूरा गर्न असमर्थ रहनुहुनेछ। यहीँ तपाईको लागि सबैभन्दा ठुलो चिन्ताको कारण बन्नेछ। यदि तपाई व्यापार-व्यवसायमा हुनुहुन्छ भने तपाई मुनाफा हासिल गर्नमा असक्षम रहनुहुनेछ। व्यापारमा धेरै हानि हुने सम्भावना छ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

कार्यस्थलमा कामको दबाब धेरै हुनेछ र साथै आफ्नो वरिष्ठ अधिकारीसँग तपाईको सम्बन्ध बिग्रिन सक्छ। जसकारण तपाईले जति कडा मेहनत या राम्रो प्रदर्शन गरेपनि कार्यस्थलमा सही मान-सम्मान हासिल गर्न सक्नुहुनेछैन।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

कार्यस्थलमा कामको उच्च दबाबले तपाईको चिन्ता बढाउनेछ। व्यापार-व्यवसायमा जोडिएका व्यक्तिले यस अवधिमा धैर्य राख्नुपर्छ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

जागिरेहरुका लागि जागिरका नयाँ अवसर प्राप्त हुनेछ र यसले उनीहरुलाई खुशी दिनेछ। यसका साथै कार्यस्थलमा तपाईले जुनसुकै काम गर्दा सफलता पाउनुहुनेछ र वरिष्ठ अधिकारीबाट मान-सम्मान, प्रोत्साहन र पदोन्नति पाउने सम्भावना छ।

• मीन राशि  – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

जागिर गर्नेहरुलाई कामको दबाब बढी हुनेछ। साथै बोस या वरिष्ठ अधिकारीले पनि तिनको समस्या बढाउने काम गर्नेछन्। यदि तपाई व्यापार गर्नुहुन्छ भने तपाईले थप सावधानी अपनाउनुपर्नेछ।

प्रकाशित : आइतबार, पुष १८, २०७८१७:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि पुष १९ गते सोमबार,शिव जीको कृपाले कस्तो रहला तपाईको दिन? हेर्नुहोस राशिफल!