मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
नयाँ कार्य सुरु गर्न तथा कुनै महत्वपूर्ण निर्णय लिनको लागि समय उत्तम छैन। कार्यवाश यात्राको योग बन्नेछ। यस दिन स्त्री वर्गसंग सावधान रहन जरूरी देखिन्छ। बौद्धिक तथा लेखन क्षेत्रमा सफलता मिल्नेछ।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। नयाँ कार्यको प्रारम्भ गर्नको लागि दिन शुभ छैन। कला तथा लेखन क्षेत्रका मानिसको लागि समय अत्यन्त शुभ रहनेछ। मानसिक ताना बढ्नेछ। मनमा स्थिरता नरहला। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
आर्थिक लाभ मिल्ने योग रहेको छ। स्वादिष्ट एवम उतम भोजन तथा नयाँ वस्त्र पाएर तपाईं प्रशन्न रहनुहुनेछ। खर्चमा वृद्धि हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। मनमा नकारात्मक भावना उत्पन्न हुनसक्छ। उपहार मिल्नाले मन प्रशन्न रहनेछ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
आफन्तसंग मनमुटावको स्थिति सिर्जना हुनसक्छ। आर्थिक व्यय बढ्नेछ। वाणीमा संयम राख्न जरूरी देखिन्छ। मानहानि वा धनहानि हुने सम्भावना रहेको छ। स्वास्थ्यमा विशेष ध्यान राख्नुहोला। मानसिक तनाब बढ्नेछ। मनमा ग्लानिको भावना रहनेछ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
मित्र तथा स्त्री वर्गबाट लाभ मिल्ने सम्भावना रहेको छ। रमणीय यात्राको योग बन्ने देखिन्छ। नयाँ कार्य प्रारम्भ गर्नको लागि समय उतम छैन। आर्थिक लाभ मिल्ने देखिन्छ। व्यापार व्यवसाय क्षेत्रमा समय अनुकूल रहनेछ। हात लागेका अवसर गुमाउनु पर्ने हुनसक्छ, सतर्क रहनुहोला।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
यस दिन नयाँ कार्य सुभारम्भ गर्न सकिनेछ। व्यापार व्यवसायमा विशेष सफलता मिल्ने देखिन्छ। कार्यक्षेत्रमा पनि समय अनुकूल रहनेछ। पदोन्नतीको योग रहेको छ। बुवाबाट लाभ मिल्ने देखिन्छ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
व्यावसायिक क्षेत्रमा विशेष लाभ मिल्न सक्ने देखिन्छ। कर्यक्षेत्रमा सहकर्मीसंग मनमुटाव हुनसक्छ। लामो यात्रा वा धार्मिक यात्राको योग बन्नेछ। बौद्धिक तथा लेखन क्षेत्रमा रुचि बढ्नेछ। शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
नयाँ कार्य प्रारम्भ गर्नको लागि समय शुभ छैन। तपाईंको उग्र स्वभावको कारण समस्यामा पर्न सक्नुहुनेछ, त्यसैले क्रोधमा संयम राख्नुहोला। सरकारी क्षेत्रमा समय अनुकूल नरहला। अत्याधिक खर्च हुँदा आर्थिक समस्याले सताउन सक्छ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
विपरित लिंगी प्रति आकर्षण बढ्नेछ। यात्राको योग बन्ने देखिन्छ। लेखन कार्यको लागि दिन अत्यन्त शुभ रहनेछ। कार्यक्षेत्रमा सहकर्मीबाट विशेष लाभ मिल्ने सम्भावना रहेको छ। साथी-भाईसंग रमणीय भेटघाटको अवसर मिल्नेछ। स्वास्थ्य राम्रो रहनेछ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
व्यापार व्यवसायमा बिस्तार हुनेछ। आर्थिक लेन-देनको लागि दिन शुभ रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। साथी-भाईको भरपूर सहयोग मिल्नेछ। आर्थिक कार्य सफलतापूर्वक सम्पन्न हुनेछ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
लेखन तथा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्नेछ। आकस्मिक धन खर्च हुँदा आर्थिक पक्ष कमजोर रहन सक्छ। स्वास्थ्यमा विशेष ध्यान दिन जरूरी देखिन्छ। वाणीमा संयम राख्नुहोला। अनावश्यक वाद-विवादमा नपर्नुहोला।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ। धनहानि हुने योग रहेकोले सतर्क रहनुहोला। परिवारमा मनमुटावको अवस्था सिर्जना हुनसक्छ। तपाईंमा काम गर्ने उत्साह तथा स्फूर्ति कम रहनेछ। कार्यक्षेत्रमा समय अनुकूल नरहला।