काठमाडौँ : सन् २०२२ मा शनिको राशि परिवर्तनलाई विशेष मानिएको छ। यो यसकारण कि केही राशिहरुबाट शनिको ढैय्या समाप्त हुनेछ। त्यस्तै केही राशिको शनिको ढैय्या र साढेसाती समाप्त हुनेछ। ज्योतिष शास्त्रका अनुसार सन् २०२२ मा शनिदेवले दुई पटक राशि परिवर्तन गर्नेछ।

जसकारण शनिको नजरमा ८ राशि आउनेछन्। अहिले मकर, कुम्भ र धनु राशिमा शनिको साढेसाती चलिरहेको छ। यसबाहेक मिथुन र तुला राशिमा शनिको ढैय्या चलिरहेको छ। सन् २०२२ मा शनिको राशि परिवर्तनले कुल ८ राशिमा शनिको टेढो नजर रहनेछ।

२९ अप्रिल २०२२ मा शनिले गर्नेछ राशि परिवर्तन

सन् २०२२ मा शनिको पहिलो राशि परिवर्तन २९ अप्रिलमा हुनेछ। यो राशि परिवर्तनको क्रममा शनि कुम्भ राशिमा गोचर गर्नेछ। शनिको यस गोचरको प्रभावले धनु राशिबाट साढेसाती हट्नेछ। त्यस्तै मिथुन र तुला राशिबाट शनिको ढैय्याको प्रभाव समाप्त हुनेछ। यद्यपि जुलाई २०२२ मा शनिको दोस्रो राशि परिवर्तनले यी राशिमा एकपटक फेरि पनि शनिको ढैय्या र साढेसाती सुरु हुनेछ।

अप्रिल २९ मा शनिको राशि परिवर्तनसँगै मीन राशिमा शनिको साढेसाती सुरु हुनेछ। यसबाहेक कर्कट र वृश्चिक राशिमा शनिको ढैय्या सुरु हुनेछ। ज्योतिषशास्त्रका अनुसार मिथुन, तुला, धनु, मकर र कुम्भ राशिमा शनिको प्रकोप पहिल्यै देखि नै छ।

नयाँ वर्षमा कर्कट, वृश्चिक र मीन राशि पनि शनिको प्रकोपमा पर्दा कुल ८ राशिमा शनिको टेढो नजर पर्नेछ। जबकि सन् २०२३ मा मिथुन, तुला र धनु राशिबाट शनि महादशा समाप्त हुनेछ।

