नयाँ वर्षमा सबैको जीवनमा आर्थिक समृद्धिको लागि नोकरी वा व्यवसायमा कडा परिश्रम गर्न चाहनुहुन्छ भने मिहिनेतका साथ केही सरल उपाय अपनाएमा माता लक्ष्मीको कृपा वर्षभर रहने मान्यता रहेको छ । यसको साथै आर्थिक समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ । सन २०२२ मा धनकी देवी लक्ष्मीसँग सम्बन्धित कुन–कुन उपाय गर्नाले आर्थिक समस्या हरुबाट छुटकारा पाउन सकिन्छ, जन्नुहोस्….
दान
नयाँ वर्षमा कुनै पनि शुक्रबार आर्थिक अभावमा परेकालाई आर्थिक सहयोग गर्नुहोस् । यसो गर्नाले माता लक्ष्मीको कृपा प्राप्त हुनेछ। साथै परिवारमा सुख-समृद्धि बढ्नेछ । यसका साथै घरका नारीहरूलाई लक्ष्मीको रूप मान्ने भएकाले उनीहरूको सम्मान गर्नुहोस्।
तुलसी पूजा
घरमा भएको तुलसीको बिरुवालाई दैनिक रुपमा बिहान जल चढाउनुहोस् । साथै बेलुकी तुलसीको नजिक गाईको घिउ वा तिलको तेलको दियो बाल्नुहोस्। वास्तवमा तुलसीलाई देवी लक्ष्मीको रूप मानिन्छ। लक्ष्मीको लागि यी उपाय गर्नाले घरमा माता लक्ष्मीको वास हुन्छ ।
कन्या भोजन
शुक्रबार ३ देखि ५ वटी कन्यालाई चामलको हलुवा खुवाउनुहोस् । यसको साथै ती कन्यालाई दानको रुपमा केही पैसा पहेलो कपडा दाना गर्नुहोस् । यस्तो गर्नाले मत लक्ष्मी प्रसन्न हुन्छिन् र जीवनमा भएको आर्थिक समस्या समाधान हुन्छ ।
गाईलाई हरियो घाँस
नयाँ वर्षमा आर्थिक समस्याबाट छुट्कारा पाउनको लागि हरेक बुधबार गाईलाई हरियो घाँस खुवाउनुहोस् । यसका साथै घरमा फुटेका भाँडाकुँडा नराख्नुहोस्। उस उपायबाट आर्थिक समस्या छिट्टै समाधान हुनेछ ।
दक्षिणावर्ती शंखले विष्णुलाई जल अर्पण गर्नु
कुनै पनि शुक्रबार दक्षिणावर्ती शंखदले भगवान विष्णुलाई जल अर्पण गर्नुहोस्। यसो गर्नाले लक्ष्मी माता धेरै प्रसन्न हुन्छिन् । यसबाहेक हरेक दिन स्नान गरी लक्ष्मीको पूजा गर्नुहोस्। यसपछि निधारमा केसरको तिलक लगाउनुहोस्।