अहिलेको समयमा प्रियंका चोपडाको नाम बलिउड देखि हलिउडसम्म रहेको छ । अभिनेत्रीले सन २००३ मा मिस वर्ल्ड बनेपछि बलिउडमा प्रवेश गरेकी थिइन् । केही फिल्ममा प्रियंकाको अभिनय निकै चर्चित भयो र उनले धेरै सम्झन लायक फिल्ममा अभिनय गरेकी छिन् । प्रियंकाले उनको सुन्दरता र अभिनयको कारण बलिउड देखि हलिउडसम्म आफ्नो पहिचान बनाएकी छिन् ।
प्रियंका चोपडाले बलिउडका नाम चलेका हरेक ठूला स्टारसँग काम गरिसकेकी छिन् । प्रियंकाले हलिउडमा पनि आफ्नो कामबाट छुट्टै पहिचान बनाएकी छिन् । प्रियंका चोपडाले आफ्नो एक पुस्तक प्रकाशित गरेकी छिन् । उनको पुस्तकको नाम ‘अनफि-निश्ड’ हो । यस पुस्तकमा प्रियंका चोपडाले आफ्नो पर्सनल लाइफ र प्रोफे-शनल लाइफको बारेमा धेरै कुरा सेयर गरेकी छिन् । जसको बारेमा सर्वसाधारणलाई थाहा नहुन सक्छ ।
अहिले सामाजिक सञ्जालमा अभिनेत्री प्रियंकाको केही बाल्यकालको तस्बिर निकै भाइरल भएका छन् । जसमा अभिनेत्री निकै सुन्दर देखिएकी छिन् । पछिल्लो समयमा जब अभिनेत्रीले उनको बाल्यकाल देखि उनको जीवनी समेटिएको पुस्तक सार्वजनिक गरिन् त्यस समय देखि उनको यस बल्यकालको तस्बिर निकै भाइरल भएको छ ।
अभिनेत्रीको बाल्यकालको तस्बिरमा फ्यान हरुले लगातार लाइक र कमेन्ट गरिरहेका छन् ।